तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ  । उहाँहरुका बीचमा सात महिनापछि बिहीबार पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उहाँहरुबीच यो दोस्रो पटक वार्ता भएको हो । यसअघि उहाँहरुबीच बाइडेन निर्वाचित भएलगत्तै पहिलो पटक कुराकानी भएको थियो । झण्डै ९० मिनेटको टेलिफोन संवाद आपसीसम्बन्ध सुधार र अस्पष्टता न्यूनीकरणमा केन्द्रीत भएको ह्वाइट हाउसले जनाएको छ ।  

अहिले भएको कुराकानीका क्रममा उहाँहरुले आपसी द्धन्द्धन्यूनीकरण गर्दै अन्तर्राष्ट्रिय मामिलामा मिलेर काम गर्ने बारेमा छलफल गर्नुभएको बताइएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले सम्बन्ध सुदृढिकरणका लागि अमेरिकासँग आग्रह गर्नुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ 

उहाँले दुवै देशका नागरिकको हित र आपसी हितका लागि पनि चीन र अमेरिकाको सम्बन्ध सही दिशामा हुनुपर्नेमा जोड दिनुभएको थियो । दुई देशले आपसमा अझ बढी जिम्मेवार महसुस गर्दै विगतमा जस्तै सही दिशामा सम्बन्ध विस्तार गर्नका लागि जिम्मेवार ढङ्गले लाग्न र आपसी समझदारी र समन्वयका साथ अघि बढ्नुपर्ने चिनियाँ राष्ट्रपति जिनपिङले बताउनुभएको छ ।

ह्वाइट हाउस र बेइजिङ्काबीचमा कतिपय गलत बुझाइ, भ्रम र अस्पष्टता रहेकाले खुलेर छलफल गर्दै एक अर्काबीचको अस्पष्टतालाई न्यूनीकरण गर्नुपर्नेमा समेत उहाँहरुले कुराकानी गर्नुभएको थियो । कतिपय गम्भीर मत भिन्नताका बीचमा पनि नयाँ शिराबाट आसपी सम्बन्धलाई अगाडि बढाउनुपर्ने कुरामा चिनियाँ राष्ट्रपति सिले जोड दिनुभएको थियो ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार र शैलीकै आधारमा अमेरिकाको नयाँ सरकारलाई पनि हेर्न नहुनेमा अमेरिकी पक्षको जोड दिनुभयो ।  ट्रम्पको कार्याकालमा चीनसँग अमेरिकाको सम्बन्ध नराम्रोसँग बिग्रिएको थियो । विश्वका पहिलो र दोस्रो शक्तिशाली राष्ट्र मानिने अमेरिका र चीनबीचको द्वन्द्वले विश्वलाई नै चिन्तित बनाएको थियो । तर पछि द्वन्द्व मत्थर भए पनि सम्बन्ध सुधार भने भएको थिएन । 

दुई समकक्षीबीचको अहिलेको वार्ताले अमेरिका र चीनबीचको सम्बन्ध सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । उहाँहरुका बीचमा आपसीसम्बन्ध सुधारसँगै व्यापार, गुप्तचरी, महामारीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । अमेरिकाले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञासमेत दिएकाले पनि अमेरिका र चीनका बीचमा सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि वाइडेन सरकार र चिनियाँ पक्षले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए ।

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए भने अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको टिप्पणी गरेको थियो । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा ठूलै मतभेद रहेका छन् । सबैभन्दा बढी मतभेद मानवाधिकार र लोकतन्त्रको विषयमा रहेको प्रष्टै देखिन्छ । 

त्यसैगरी व्यापारको विषयमा पनि अमेरिका र चीनका बीचमा ठूलो विवाद रहेको  छ । डोनाल्ड ट्रम्पको कार्यकालमा त दुई देशबीच व्यापारयुद्ध नै चलेको थियो । त्यो युद्ध अहिले युद्धकै अवस्थामा नरहेपनि विवादको प्रमुख विषय भने बनेकै छ । अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो भने प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइ दिएको थियो । 

त्यसैगरी बाइडेनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागू गरेका कडाइ हटाउनुभएको छैन भने चीन अझै अमेरिकासँग असन्तुष्ट छ । दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ । बिहीबारको फोन वार्तामा अमेरिकाले चीनविरुद्ध लागू गरेका कडाइ हटाउने र अफगानिस्तानको विषयलाई लिएर एक अर्काको विरुद्धमा नलाग्ने बारेमा समेत छलफल भएको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …