तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

कृष्ण रेग्मी

स्याङ्जा। वालिङ  नगरपालिका–२ धौखोलामा अवस्थित सुन झाक्रि र लटे झाक्रि गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । 

परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्ण बन्दै गएको छ ।

सुन झाक्रि र लटे झाक्रि गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको अधिकार सम्पन्न बागमती एकिकृत बिकास समिती गुहेश्वरी फाटका पूर्व बोर्डअफ डाइरेक्टर तथा बागमती सर सफाइ अभियानका अभियान्ता साथै  कांग्रेस युवा नेता पदमपाणी रेग्मीले बताउनुभयो । उहाले भन्नुभयो प्राकृतिक हिसाबले सुन्दर तथा ऐतिहासिकस्थल सुन झाक्रि र लटे झाक्रि गुफा संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

सुन झाक्रि र लटे झाक्रि गुफामा बिभिन्न्न किसिममा भगवानको  मूर्ति र निशानासमेत रहेको छ । पुर्खाले गुफामा झाक्रि देवताको पूजा गर्दै आईरहेको र सोही ठाउँमा नागसमेत रहेको रेग्मी बताउछन । उत्तरतर्फ फर्केको पहरामा अवस्थित गुफा वरिपरि ससाना गुफामा विभिन्न देवीदेवताको स्वरूप देखिने प्रतिमासमेत देख्न सकिने स्थानिय खिमानन्द रेग्मीले बताउनुभयो ।

प्राकृतिक गुफाको दायाँतर्फबाट ओरालो झर्ने क्रममा सबैभन्दा पहिले ठुलो पहाड देखिन्छ सोही पहाडको फेदमा गुफा भेटिन्छ । यहाँ विभिन्न किसिमका धार्मिक साधकले साधना गर्ने गरेको स्थानीय बासिन्दा बताउछन। ढुङ्गैढुङ्गाले बनेको प्राकृतिक पहाराको फेदमा रहेको मुल गुफाभित्र गाईको थुन, शिव पार्वतीको मूर्ति, नाग नागिनी लगायत सुन जस्तो देखीने धातु र प्राकृतिक हिसाबले बनेको शिवको आकृति, शिव लिङ्ग र पार्वतीको मूर्तिमा स्तन, सन्ख घण्टसमेत स्पष्ट देख्न सकिन्छ । 

गुफाको आसपासमा हनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधिचित्तको दाना, गुरु रिम्पाचेको पदचिह्न, जलविहार गर्ने कर्कटको आसनजस्ता आकृति हेर्न पाइन्छ । यी सबै प्राकृतिक शिलाको दैविक चिनारी रहेको स्थानिय शिक्षक उमाकान्त रेग्मीले बताउनुभयो ।  

सुन झाक्रि र लटे झाक्रि रूपमा चिनिने उक्त गुफाकोभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट नागको अर्को आकार देख्न सकिन्छ । गुफाभित्र केही अप्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेकी छन् । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा गुफामा एक रात लुकेर बसेको किंवदन्ती छ ।

सुन झाक्रि र लटे झाक्रि गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपनी गुफा वरिपरि पदमार्ग नहुँदा पदमार्ग निर्माण गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्छ ।  नगरपालिकाले बजेट विनियोजन गरेर धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको सुन झाक्रि र लटे झाक्रि गुफा स्तरोन्नतिका लागि पदमार्ग निर्माण गर्न आवश्यक छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …