तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। जडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ ।स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पु¥याउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आउनुभएको छ । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।

यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

सो अवसरमा गुर्जोको चिया र यसबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार एक हजार पाँच सय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको उहाँले बताउनुभयो । यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा रोप्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ४का दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गर्नुभएको जनाइएको छ । यस वर्ष आजका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …