तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमन सम्वाददाता

वेथानचोक,काभ्रे । २०७७ पौष १८ गते कालो दिनको रूपमा सावित भयो वेथानचोक गाउँपालिका वडा नं २ का अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई, नखाएको बिष लाग्यो। पेशाले यङ्क प्रसाद घिमिरे वेथानचोक गाउँपालिकाको हलुका सवारि चालक थिए भने अर्जुन प्रसाद दुग्ध ब्यबसायि थिए । १७ गते शुक्रबार यङ्क प्रसाद घिमिरे गाउँपालिकाको सवारि साधन मर्मतको शिलसिलामा कोटेश्वरमा थिए । अर्जुन तिमल्सीना भने व्यक्तिगत कामको शिलसिलामा सातदोबाटोमा थिए। सांझ परेपछि दुवैजनाको टेलिफोनमा सम्वाद भयो र बि एण्ड बि को अगाडि रहेको होटल लुम्बिनीमा बस्ने सहमति भयो। भेटघाट पश्चात दुवैजनाले चिया नास्ता गरे। सोहि वेला अर्जुन प्रसादको मोबाईलमा घण्टि बज्यो। त्यो घण्टि जानपहिचानको एक महिलाको थियो। केहि समय अर्जुन तिमल्सिना संग बात चित भयो ।

टेलिफोनबाट केहि रकम सापटिको लागि माग गरेका थिए । जवाफमा अर्जुन प्रसादले आफुहरू बि एण्ड बि अगाडिको होटल लुम्बिनीमा हुने र भोलि बिहान आउन भन्दै टेलिफोन राखे। सांझ ८ बजिसकेको थियो अर्जुन प्रसाद र यङ्क प्रसाद गफिदै थिए एक्कासि ती महिला आफैले होटल काउन्टरमा नाम लेखाई अर्जुन भयको कोठामा आए अर्जुन प्रसाद छक्क परे। केहि समय पछि खानपान भयो र सुत्ने तरखर गर्दा यङ्क प्रसाद लाई कोठा नं ७ सुत्न र अर्जुन प्रसाद संग आफ्नो नगद लेनदेनको गफ भयकोले ९ नं कोठामा सुत्ने भन्दै ती महिला कोठामा गइन सोहि अनुसार यङ्क प्रसाद कोठा नं ७ मा सुते भने अर्जुन कोठा नं ९, ती महिलाले आफुलाई रू ५००००।-  जरूरी भयकोले जसरिपनि दिनको लागि अनुरोध गरिन र भोलि गफगाफ गर्ने भन्दै सुते ।

भोलि पल्ट १८ गते बिहानै ती महिलाले पुन पैसा सापटि मागिन । अर्जुन प्रसादले कृषकको रकम बितरणको लागि आफुसंग रकम भयको र थप रकम नभयकोले दिन नसकिने बिषय प्रष्ट पारे। यस्तो आपत पर्दा पनि सहयोग नगर्ने यस्को परिणाम देखाई दिन्छु भन्दै महिला निस्किई। त्यतिबेला यङ्क प्रसाद भर्खरै उठेका थिय। दुवै भाइ अर्जुन र यङ्क चिया खादै बसिरहेका थिए होटलमा प्रहरि आए र यिनिहरू हो भनेर सोधे । ती महिला पनि साथै आएका रहेछन्। ती महिलाले हो भनेपछि प्रहरिले दुबैलाई पक्राउ गरि प्रहरि वृत्त सातदोबाटोमा लगे। 

त्यहाँ तिमिहरूले जबरजस्ति करणि गरेको हो भनेर प्रहरिले सोधे मलाई त अचम्म लाग्यो छाँङ्गा बाट खसेझै भयो भन्छन् यङ्क प्रसाद । उता अर्जुन भने जबरजस्ति भयको हैन भन्छन। अन्त्यमा दुबैजनाको बिरूद्दमा जबरजस्ति करणिको अभियोगमा जाहेरी दरखास्त तयार गरि ती महिलाले पेश गरिन ।

प्रहरीलाई हामि निर्दोष छौं। हामिले कुनै कसुर गरेका छैनौं भनेर अनुनय विनय गर्यौं तर प्रचलित कानुन बमोजिम जाहेरी  दरखास्त परेपछि मुद्दाको अनुसन्धान गरि सम्मानित ललितपुर   जिल्ला अदालत समक्ष प्रहरीले पेश गर्नु पर्ने रहेछ। हामि निरिह भयौं। भगवानको नाम जप्नुको बिकल्प रहेन भन्छन यङ्क प्रसाद घिमिरे। २०७७ माघ १४ गते थुनछेक बहस भयो पुन पुर्पक्षको लागि जेल चलानको आदेश गर्यो। जति निर्दोष भयपनि अन्तिम फैसला कुर्नुको बिकल्प रहेन।

२०७७ चैत्र ३१ गते जाहेरवालाको बयान सम्मानित अदालत समक्ष भयो । सम्मानित अदालत समक्ष जाहेरवालाले घटनाको सत्यतथ्य सहितको साबिति बयान गरे। नीजले यङ्क प्रसाद घिमिरेलाई नचिनेको र अर्जुन प्रसाद संग लेनदेनको बिषयमा वादविवाद भयको र करणि पनि विगत एक बर्ष पहिलेबाट सहमतिमा भएको बयान दिएका थिय त्यति मात्र हैन जाहेरीमा लेखिएको व्यहोरा आफ्नो नभयको र हस्ताक्षर भने आफ्नो भयको भनेका थिय। सोहि बयान, वादिपक्षको साक्षिको बखपत्र र चिकित्सकको बयान पनि जाहेरवालाको बयान संग मेल खाएको थियो।

२०७८ बैशाख ९ गते बिहीबार सम्मानित जिल्ला अदालतबाट सोहि मुद्दाको बिषयमा वादिको तर्फबाट जिल्ला सरकारि वकिलको कार्यालय बाट सहन्यायधिवक्ता र प्रतिवादिको तर्फबाट दुई विद्वान अधिवक्ताहरूले बहस गर्नु भयको थियो। सबै अधिवक्ताहरूले सम्मानित अदालत समक्ष झुटो जाहेरी   दिई निर्दोषहरूलाई थुनाईएको कारणले निज जाहेरवालालाई कम्तिमा ५०००।- जरिवाना र तीनमहिना कैद र निर्दोष अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई सफाईको माग दावि गरेका थिए।

मिसिलमा संलग्न प्रमाण, जाहेरवाला,चिकित्सकहरूको बयान,साक्षिहरूको बखपत्र, विद्वानहरूको बहस लगायतको मुद्दाको सम्पूर्ण पक्षको गहिरो अध्ययन गरि सम्मानित अदालत बाट प्रतिवादि अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई सफाई र सम्मानित अदालतमा झुटो व्यहोरा सहितको जाहेरि दिने वादिलाई १ महिनाको कैद सजाय तोकि अन्तिम फैसला भयको छ।  यो फैसलाले सत्यको जित भयको र न्यायको पर्खाईमा थियौ न्याय पायौं भन्दै सम्मानित अदालत समक्ष प्रतिवादिहरूले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …