तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

विष्णु घिमिरे

साउदी । नेकपा एमालेको भातृसंगठन प्रवास नेपाली मञ्च साउदीको  अध्यक्षमा अमर श्रेष्ठ चयन भएका छन । नेकपा एमालेका पोलिट ब्युरो सदस्य ,युवा इन्चार्ज  तथा  पूर्व मन्त्री महेश बस्नेतको  प्रमुख आथित्यमा  सम्पन्न  दोस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसहमतिमा  श्रेष्ठ अध्यक्ष चयन भएका हुन ।

त्यस्तै  प्रथम उपाध्यक्षमा किसोर राई , उपाध्यक्ष  कृष्ण कार्की, उपाध्यक्ष ऋषि भट्टराई, उपाध्यक्ष याम बोम्जन लामा, उपाध्यक्ष अचुत बोगटी, उपाध्यक्ष बिल्टु मुखिया, सचिव राजु खनाल  सहसचिव बसन्त राई, सहसचिव रमेश गिरि  सहसचिव कमरेड खड्ग प्रसाद आचार्य, कोषाध्यक्ष रुपक वाइबा तथा अन्य सदस्य गरि  ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा उपस्थित पूर्व मन्त्री महेश बस्नेतले अधिवेशनलाई सफल बनाउन उपस्थित  दुतावास, एन आर एन, सामाजिक संघसंस्था, पत्रकार, कलाकार तथा  नेकपा एमालेका कार्यकर्ता लाई  धन्यवाद दिँदै नेपालको समसामयिक राजनीतिको अवस्था र नेकपा एमालेले खेलेको भूमिकाप्रति जानकारी दिँदै गठबन्धनले ल्याएको दशको विकासका अवरुद्धका बारेमा र देश निर्माण  गर्नुपर्ने कामहरु धेरै बाँकी रहेको जानकारी दिएका थिए   

भातृ संगठनका कार्यक्रमहरु र अधिवेशनमा विपक्ष दलका प्रतिनिधिहरुको उपस्थिति नहुने र कार्यक्रमलाई नै विफल बनाउन लाग्ने अवस्थामा साउदीमा रहेको अन्य भातृ संगठनको एकता देखेर धन्यवाद सहित खुशी व्यक्त समेत गरेका थिए । दोस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई  सफल कार्यकालको सफलता शुभकामना दिदै निर्वतमान पदाधिकारीले गरेको योगदानलाई कदर गर्दै संगठनको लागि आफ्नो सहयोग सदैव रहने जानकारी दिए ।

कार्यक्रममा उपस्थित नेपाली दूतावास रियादका नियोग प्रमुख दिलु कुमार पौडेलले संगठनको दोस्रो अधिवेशन बाट सर्वसहमतिमा चयन अध्यक्ष  लगायत पदाधिकारी लाई शुभकामना दिनुको साथै संगठनले गरेका कार्यहरूको कदर  समेत गदै  साउदीमा कार्यरत सम्पूर्ण नेपालीहरुले साउदी अरेबियाको  कानुनलाई पालना गरी आफ्नो काम गर्न अनुरोध समेत गरेका थिए र श्रम गरेर कमाएको रकम रेमिट्यान्स द्वारा स्वदेश पठाउन आग्रह गरेका छन भने   साउदीमा  देखिएका श्रमिक समस्याहरुलाई न्यूनीकरणको लागि दूतावास सबै  तयार रहेको  वताए ।

एनआरएन महिला केन्द्रीय  उपाध्यक्ष यास्मिन  वेगम , एनआरएन अध्यक्ष डम्बर कुमार यादव, पानस अध्यक्ष कुवेर  हुमागाईं, अन्तर संस्था समन्वय समिति रियाद अध्यक्ष अमृत पौडेले , अनुजा वुढाथोकीले संगठनको अधिवेशनको सफलताको शुभकामना  तथा नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीलाई शुभकामना दिदै साउदी लगायत अन्य मुलुकमा कार्यरत नेपाली श्रमिकहरु हकहितको लागि नेपाल सरकारले शिप मुलक कार्यक्रम ल्याउनुपर्ने र पिडीत कामदार उद्दार कोषबाट पिडीत वनेका नेपालीलाई चाडो स्वदेश फिर्ताका लागि  सम्वन्धित निकायलाई  पहल गर्नुपर्ने वताए ।

कार्यक्रममा  पूर्व मन्त्री वस्नेत लगायत विभिन्न सामाजिक संघसंस्था, भातृसंगठन,एन आर एन, पत्रकार, कलाकार, व्यवसायी, पार्टी कार्यकर्ता को उपस्थित रहेको थियो भने नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठले अधिवेशन सम्पन्न गर्नेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी कार्यकालमा संगठनको विधि र विधानलाई आत्मासाचि राखि संगठनको हक हितको लागि काम गर्ने वताए । 

कार्यक्रमको अवसर पारेर पुर्व मन्त्री वस्नेत ३ दिने तीनदिने भ्रमणमा साउदीमा  रहेको  अलमराही कम्पनी लगायत बिभिन्न स्थानहरूको अवलोकन गर्दै साउदीमा रहेका नेपाली श्रमिकहरु विषयवस्तुमा समेत चासो देखाएका छन  भने सङ्गठनले आयोजना गरेको साउदीका लागि नेपाली दूतावासका  नवनियुक्त राजदूत नवराज सुवेदीलाई स्वागत तथा नेपाली श्रमिक को समस्या र न्यूनीकरणका बारेमा  ध्यानआकर्षण गराएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …