तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ । 

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन  (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।

मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसुङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्याङ्कमा उल्लेख गरिएको छ । फाइलिङमा बतायो।

सामसुङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ । कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ ।

महामारीका कारण घरबाटै  काम गर्ने क्रम बढेसँगै सामसुङको चिप्सबाट संचालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ । साथै टेलिभिजन तथा वासिङ मेसिन जस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा बृद्धि भएको छ । 

तर सामसुङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ । एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ बिलियनले वन मात्र रहेको बताएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …