तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

अतिरिक्त शुल्क फिर्ता गरेर विवाद समाधान गर्न उनले काठमाडौं मेडिकल कलेजलाई शुक्रबारसम्मको अल्टिमेटमसमेत दिएका छन् । उनी कलेज अनुगमनका लागि बिहीबार भक्तपुरको दुवाकोट पुगेका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र कलेजका प्रिन्सिपल रवीन्द्रनाथ श्रेष्ठलाई निर्देशन दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलसँगै प्रजिअ शर्मा पनि कलेज अनुगमनमा गएकी थिइन् ।

एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् । विद्यार्थी, अभिभावकले भक्तपुर र काठमाडौं जिल्ला प्रशासनमा समेत उजुरी दिएका छन् । मन्त्री पौडेलले प्रशासनको रोहबरमा विद्यार्थीसँग वार्तामा बस्न प्रिन्सिपल श्रेष्ठलाई निर्देशन दिएका थिए ।

त्यसपछि प्रजिअ शर्माले शुक्रबार १० बजेका लागि बैठक डोकेकी छन् । ‘चिकित्सा शिक्षा ऐनले तोकेभन्दा बढी शुल्क लिएको भए कारबाही हुन्छ,’ मन्त्री पौडेलले श्रेष्ठलाई भनेका थिए, ‘बढी शुल्क नलिएको पुष्टि विद्यार्थी र सीडीओसँग बसेर गर्नुहोस्, होइन भने गृहमन्त्रीसँग पनि मेरो कुरा भएको छ, कारबाही हुन्छ ।’

कलेजका प्रिन्सिपल श्रेष्ठले भने चिकित्सा शिक्षा आयोगका कारण शुल्क विवाद भएको आरोप लगाए । जवाफमा मन्त्री पौडेलले बढी शुल्क नलिएको कुरा वार्ताबाट प्रमाणित नगरे कानुनअनुसार कारबाही गर्ने बताएका हुन् । शुल्क र वार्ताबारेको निष्कर्ष शुक्रबारभित्रै शिक्षा मन्त्रालयमा बुझाउन पनि उनले अल्टिमेटम दिएका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी र प्रदर्शन गर्दै आइरहेका छन् ।

बुधबार शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनी दिएको थियो । नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेजमा शुल्क विवाद कायमै छ । यी दुवै कलेजका सञ्चालक सुनील शर्मा हुन् । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि भएका कारण पनि सत्तारूढ दलको संरक्षणमा कारबाही प्रक्रिया अघि बढ्न नसकेको विद्यार्थी–अभिभावक गुनासो गर्छन् ।

गृह मन्त्रालयले समेत अतिरिक्त शुल्क लिने कलेजलाई कानुनी कारबाही गर्न प्रजिअहरूलाई निर्देशन दिइसकेको छ । आयोग र शिक्षा मन्त्रालयले पनि बढी शुल्क लिए सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् । शुल्क विवाद देखिएको पोखराको मणिपाल मेडिकल कलेजले भने बढी शुल्क नलिने प्रतिबद्धता जनाएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …