तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । सामुदायिक सिकाई केन्द्र वालिङ नगरपालिका ९ द्वारा आयोजित श्री शहीद स्मृति आ.वि. वालिङ नगरपालिका   २ घौखोलामा अध्ययनरत बाल बालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण चेतना मूलक कार्यक्रम एवं हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

श्री शहीद स्मृति बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष धन प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष समेत रहेका गोबिन्द पंगेनीको प्रमुख अतित्थमा बाल बालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण चेतना मूलक कार्यक्रम एवं हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष समेत रहेका पंगेनीले प्रमुख अतिथीको आशनबाट बोल्दै बाल बालिकाहरु राज्यका गहना भएकाले बाल बालिकाहरुको खुशी, स्वस्थ र पठन पाठनका निम्ती आवश्यक पर्ने सहयोग सामुदायिक सिकाई केन्द्रले बिभिन्न्न बिद्यालयमा गर्दै आईरहेको र आगामी दिनमा पनि निरन्तर रुपमा सिकाई केन्द्र अगाडि बड्ने बताउनु भयो । 

त्यस्तै कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष धन प्रसाद रेग्मीले बिद्यालयको प्रगति दिन प्रतिदिन अगाडि बड्दै गईरहेको र बिद्यालयलाई जिल्लाकै नमुना बिद्यालय बनाउन बिभिन्न्न निकाय सँग पहल गदै आईरहेको र आधुनीक उपकरण सहित बिद्यार्थीको पठन पाठन आधुनीक प्राबिधिकमा पारिणत गरिदै गई रहेको बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अथिति नेपाली कांग्रेस जिल्ला सचिब  दामोदर लम्साल, बिद्यालय सस्थापक सदस्य, पूर्व शिक्षक संघका केन्द्रिय सदस्य पदमपाणी  रेग्मी, दभुङ ठाटी बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एब  सस्थापक सदस्य चक्र बन्धु रेग्मी, नेपाली कांग्रेस महासमिती सदस्य कृष्ण रेग्मी, बिद्यालयका प्रधानाध्यापक उमाकान्त रेग्मी, शिक्षक ॠषिराम रेग्मी, युक्त नारायण रेग्मी, शिक्षिका देबी अधिकारी, सदिक्षा खड्का, सामजसेबी खुम प्रसाद रेग्मी, सामजसेबी महिला स्वयमसेबिका बिन्दु रेग्मी, सामुदायिक सिकाई केन्द्र वालिङकी  परिचालिका सारदा आले लगायत सामजसेबी, बुद्दीजिबी, आबिभाबकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …