तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी सहभागी हुनुहुन्थ्यो । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिड विरुद्धको लडाईँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो । उहाँले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनउत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल भ्रमण गरेकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …