तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

काठमाडौँ। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन् । ‘डिसेम्बर १४ मा बोर्डको बैठक बस्दैछ । त्यसमा सबै परियोजनाको अवस्था बारेमा छलफल हुने मैले भनेको हुँ । नेपालका लागि समयसीमा तोकेको होइन’ लुले भने ।

नेपालमा भ्रमणका रहेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्त गरी एमसीसी परियोजना लिने वा नलिने विषय निर्णय नेपाल सरकार र संसद्मा‌ रहेको र परियोजना सञ्चालन गर्दै नेपाली जनता हित हुने अमेरिकी धारणा रहेको जानकारी गराएका थिए ।

सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना विश्वका कमै मुलुकले मात्रै सञ्चालन अवसर प्राप्त गरेको जानकारी दिँदै नेपालले त्यो नगुमाओस् भन्ने अमेरिकी चाहना रहेको बताए । उनले एमसीसी अमेरिकी सरकार प्रत्यक्ष रुपमा सञ्चालन गर्ने भन्दै पृथक् परियोजना भएकाले यसबारे एमसीसी बोर्डलाई निर्णय गर्ने सबै अधिकार भएको जानकारी दिएका थिए ।

एमसीसी परियोजना सञ्चालनको प्रमुख पाँच सर्तमध्ये संसद्बा‌ट अनुमोदन हुनुपर्ने विषयसमेत रहेको छ । संसद्मा‌ विचाराधीन रहेको सो विषयमा राजनीतिक दल विभाजित छन् । जसकारण लामो समयदेखि अनुमोदन हुन सकेको छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …