तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नुवाकोट। नेपाली कांग्रेसकी महिला नेतृ, समाजसेवीका तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएर भाइ तिहार मनाएकी छिन्।

हिजो शनिबार भाइटीका दिन नुवाकोटको विदुर-२ मा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग भाइटिका लगाएकी हुन् । भाइ टीका दिन छात्रवासमा बसोबास गरिरहेको बालकहरु लाई आफ्नो दिदीबहिनी रहेको अनुभुती दिनको लागि सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेतृ अमात्यले जानकारी दिनुभयो। चाडपर्व कोहि कसैलाई आफन्तको कमी महसुस नहोस भनेर आश्रममा नै पुगेर सामुहिक भाइटिका लगाएको अमात्यले भनुभयो।

अमात्यले परिवारविहिन भएका बालकहरुलाई पारिवारिक मायाको साथै धर्म र संस्कृतिको विषयमा जानकारी दिन समेत सामुहिक भाइटिका आयोजना गरिएको कार्यक्रममा अमात्यकी परिवारका दाजुभाइ तथा दिदि बहिनीहरु समेत सहभागी भएका थिए ।

उनले कोरोना महामारीको समयमा जिल्लाको त्रिशुली अस्पताल लगायत विभिन्न स्वास्थ संस्थालाई स्वास्थ्य सामग्री तथा जिल्लाको विभिन्न स्थानका जनतालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी थिईन। उनी गत स्थानीय चुनावमा विदुर नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट उप मेयरकि उम्मेदवार रहेकी थिईन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …