तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र दृष्टिकोणलाई बाँकी विश्वसँग आदान-प्रदान गर्न श्वेतपत्र जारी गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गर्नुभएको छ।

राष्ट्रपति सीको सम्बोधनका मुख्य बँदाहरू यस प्रकार छन् –
यदि मानवले प्रकृतिलाई अहित गर्दैन भने, प्रकृतिले हामीलाई अहित गर्दैन
चीनले २०३० अघि कार्बनडाइअक्साइड उत्सर्जनको उच्चतम स्तर र २०६० अघि कार्बन तटस्थता लक्ष्य हाँसिल गर्ने प्रयास गर्नेछ। यसका लागि ठूलो परिश्रम आवश्यक छ, र हामी यी लक्ष्यहरू पूरा गर्न हरसम्भव प्रयास गर्नेछौं।

चीनले आफ्नो औद्योगिक संरचना र ऊर्जा मिश्रणलाई पुन: समायोजन गर्न जारी राख्नेछ, नवीकरणीय ऊर्जाको तीव्र विकास गर्नेछ र बलौटे क्षेत्रहरू, चट्टानी क्षेत्रहरू र मरुभूमिहरूमा ठूला वायु-शक्ति र फोटोभोल्टिक आधारहरूको योजना र विकासमा द्रुत प्रगति गर्नेछ।

चीनले अन्य विकासोन्मुख देशहरूलाई हरित र कम कार्बन ऊर्जाको विकास गर्न सहयोग बढाउनेछ र विदेशमा कोइलाबाट चल्ने नयाँ ऊर्जा परियोजनाहरू निर्माण गर्नेछैन।

हामीले विश्वव्यापी वातावरणीय शासन सुधार गर्न, जलवायु परिवर्तनलाई सक्रिय रूपमा प्रतिक्रिया दिन र मानव र प्रकृतिका लागि जीवन्त समुदाय सृजना गर्न आवश्यक छ। हामीले हरित र न्यून कार्बन अर्थतन्त्रमा सङ्क्रमणलाई गति दिन र हरित पुनःप्राप्ति र विकास हाँसिल गर्न आवश्यक छ।

हामीले हरित अन्तरराष्ट्रिय सहयोगलाई पनि अगाडि बढाउनुपर्छ र हरित विकासका फलहरू सबै देशहरूबीच बाँडफाँड गर्नुपर्छ। जलवायु परिवर्तन चुनौतीको सामना गर्न कोही पनि अछुतो रहन सक्दैन र एकपक्षीयताले हामीलाई कतै पुग्न सक्दैन। सँगै मिलेर मात्र हामीले जलवायु परिवर्तन, समुद्री प्रदूषण, जैविक संरक्षण र अन्य विश्वव्यापी वातावरणीय समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको २०३० को लक्ष्य हाँसिल गर्न सक्छौं।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …