तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गर्नुभएको छ ।

अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा एक करोड अमेरिकी डलर भएका लगभग ७०० मानिसहरूमा लागू हुनेछ र यसबाट ‘अरबौं डलर’ जम्मा हुनेछ ।

यो कर उहाँको विशाल सामाजिक खर्च प्रस्तावलाई कोषको लागि राजस्व जुटाउने बाइडेनको डेमोक्रेटिक पार्टीले गरेको नवीनतम प्रयास हो । यसको लागि अनुमानित दुई खरब डलर खर्च हुनेछ र वासिङ्टनले विश्वव्यापीरूपमा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षा तथा रेखदेखका लागि अनुदान सहयोगजस्ता नीतिहरू लागू गर्नका लागि सहयोगी बन्ने विश्वास गरिएको छ ।

यो योजना कोभिड–१९ महामारीको पीडाबीच आफ्नो सम्पत्ती वृद्धि भएको बताउने र उनीहरूले देशलाई पर्याप्त योगदान गरिरहेका छैनन् भन्ने आलोचनालाई कम गर्नका साथै वासिङ्टनको कर योजनालाई पनि पूर्णता दिन देशका अरबपतिहरूमा लक्षित रहनेछ ।

सिनेटर वाइडेनले भन्नुभयो, “नर्स र अग्नि नियन्त्रकहरूजस्ता काम गर्ने अमेरिकीहरूले हरेक पलको कर तिर्छन् भने अरबपतिहरूले ‘सधैं’ वा दशकौंसम्म कर तिर्न आनाकानी गर्ने गर्छन् ।”

“सम्पत्ति सधैंभरि होल्ड गरेर कर नतिर्ने सबैभन्दा धनी थोरै व्यक्तिहरूले पनि आफ्नो जीवनशैलीको लागि ती सम्पत्तिबाट ऋण लिन सक्छन् । यसको अर्थ, तिनीहरू कर तिर्दैनन् र वाल स्ट्रीट बैंकहरूबाट दिइने ऋणमा कम ब्याजदर मात्र तिर्छन् ।”

यदि योजना लागू गरियो भने प्रत्येक वर्ष स्टकजस्ता अरबपतिहरूको सम्पत्तिको मूल्यांकन गरिनेछ र मूल्यमा वृद्धि भयो भने कर लगाइनेछ । उक्त प्रस्तावअनुसार यदि तिनीहरू घट्दै गएमा करदाताहरूले यसलाई सम्भाव्य तीन वर्षसम्म बन्द गर्नेछन् ।

यो स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिने हालको अमेरिकी कानुनबाट आएको परिवर्तन हुनेछ । अमेरिकामा स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिन्छ ।

अचल सम्पत्ति वा व्यापारिक हितजस्ता गैर–व्यापारिक सम्पत्तिको बिक्रीमा अर्को नयाँ कर लगाइने योजना र उक्त व्यक्तिले राखेको वर्षको दौडान तिरेको करमा ब्याज तिर्नुपर्ने प्रावधान रहेको थियो ।

थप करले धनी मानिसहरूलाई कम्पनीहरूमा नियन्त्रण गर्ने शेयर बेच्न बाध्य पार्न सक्छ भन्ने चिन्ताको समाधान गर्न उक्त प्रस्तावले व्यक्ति विशेषलाई एकल व्यवसायमा एक अरब अमेरिकी डलरसम्म स्टकलाई ‘गैर–व्यवसायिक सम्पत्ति’को रूपमा राख्न अनुमति दिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …