तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खाल्लेले दशैँ तिहारको आगमनमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

खोटाङ कांग्रेस यतिखेर दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रममा ब्यस्त छ । जिल्लाका शिर्षनेताहरु देखि नवनिर्वाचित पदाधिकारी एवं वडा समितिहरु नेपालीहरुको वाँक्लिदो चाँडपर्वको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदानमा जुटिरहेका हुन् ।

यसै क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ४ खाल्लेको आयोजनामा आज दशै तथा तिहार लक्षित शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रम सम्पन्न गरिएको छ । 

नेपाली कांग्रेस खोटाङका उपसभापति तथा वरिष्ठ नेता नवराज केसीको प्रमुख आतिथ्यता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य दिनेश घिमिरेको बिशेष  आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

वडा सभापति प्रेम श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल बिध्यार्थी संघ खोटाङका सभापति तथा युवा नेता राजकुमार बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष मणिराम दाहाल, वडा समितिका पूर्व सभापति रामचन्द्र केसी, पूर्व गाविस अध्यक्ष राजकुमार राई लगायत स्थानीय कांग्रेस तथा अन्य दलका नेता, कार्यकर्ताहरुको समेत उपस्थिति रहेको नगर सदस्य चिरिञ्जवी खतिवडाले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …