स्याङ्जा । देशकै सर्वोत्कृष्ट नगर घोषित भएको वालिङ नगरपालिका मुलुककै पहिलो स्मार्ट सिटि र पिन्क सिटि शहर भनिन्छ । सर्वोत्कृष्ट नगर, पिन्क सिटिले परिचित वालिङ नगरपालिकाका सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा आवतजावत गर्न बाध्ध छन् ।
शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित वालिङ नगरपालिकामा विकास कार्य कछुवा गतिमा हुँदा अहिले यो शहर अस्तव्यस्त बनेको छ । सुख्खायाममा धुलो र वर्षायाममा हिलो देखिने यहाँका सडक प्रमुख चुनौती हुन् । यसको समाधान हुन नसक्दा यो शहरलाई कुरुप पारेको छ । नगर प्रवेश गर्ने सबै सडक मात्र होइन भित्री सडक समेत जिर्ण हुँदा सर्वसाधारण कष्टकर र जोखिमपूर्ण आवतजावत गर्न बाधय भएका हुन ।
सडकमा परेका खाल्डाखुल्डीले तथा सडक हुँदै बग्ने पानीले साना ठूला सवारीसाधान मात्र होइन पैदल आवतजावतमा समेत सकस हुने गरेको छ ।
नगर प्रवेश गर्ने धौखोला-त्रियासी सडक जगत-मिर्दी सडकखण्ड हाल बेहाल छ । नगरका मुख्य सडकहरुको अवस्था पनि उस्तै छन् । सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेका कारण सवारीसाधन हतपत जान मान्दैनन् भने पैदल आवतजावत गर्दा हातमा चप्पल जुत्ता बोक्नु पर्ने अवस्था छ ।
बजार क्षेत्रकै सडकमा पनि दर्जनौं खाल्डा छन् । वर्षाले त समस्या झनै थपिएको छ । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा निकै समस्या भएको स्थानिय बताउछन ।
नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी समस्यामा परेका छन् । पहिले नालातिर भेल हुन्थ्यो, अहिले सडकमै भेल छ, यस्तो स्थिती हुनु दुर्भाग्य हो ।जथाभावी फ्यालिएको फोहर अहिले सडकमा जमेको पानीमा मिसिएर फैलिदा रोग फैलिन सम्भावना समेत बढेको छ ।
ग्रामिण भेगका सडकको त झन बिजोक छ । जतागयो उतै हिलो नै हिलो रहेको स्थानियको भनाई छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै जानकार छन् । तर, कसैले पनि गम्भिरता नदेखाएको भन्दै स्थानियले अविलम्ब जिर्ण सडकको मरमत र पानी निकासको उचित व्यवस्था मिलाउन माग गरेका छन् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …