तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल स्याङ्जा, वालिङ

स्याङ्जा । हाम्रो शरीर खलाँती जस्तै छ । भगवत गीतामा शरीरलाई रथ र कतै अस्थि, पिन्ड तथाभवसागर तार्ने जहाज र कतै धर्मको साधनका रुपमा पनि वर्णन गरिएका छ तर  शरीरलाई सुकेको छालाबाट वन्ने खलाँती जस्तो देख्ने मेरो विचारमा दोष पनि हुनसक्तछ, म स्वीकार गर्दछु ।

खलाँती भनेको वाख्राको छालालाई सुकाएर पिसेको तोरीको फुलाले माडेर वनाएको थैलो हो, जसलाई हातले तलमाथि गरि चलाएर आरनमा हावा फ्रयाकेर कोइला फुक्ने गरिन्छ । फुकिएको कोइलामा वाक्लो फलामलाई तताई ठटाएर हसुवा कुटोकोदालो वन्चरो फाली जस्ता अत्यावस्यक हतियारहरु वनाउने चलनमा थियो र अहिले पनि धेरै ठाउँमा यो चल्तीमा छ । खलाँती चलाएर आएको हावाले आरनको कोइला प्रज्वलित भई फलाम ताती रहने प्रकृया जारीरहे जस्तै हाम्रो पेट चलेर फुल्ने सुक्ने हुदा सम्म सास लिने फ्रयाक्ने कृया जारीरहन्छ र हामी जीवित रहन्छौं ।

भित्रको स्वास गतिको आधारमा जीवित रहने वेला सम्म शरीरका अंग प्रत्यंगहरुले अनेक धन्दा र कामहरु गरिरहन्छन,सोचीरहेका, मुख चलाएर वोलीरहेको, हातले पनि काम गरिरहेको वा कानले सुनेको वा हिडीरहेका हुन्छौं, वाहिरबाट देख्छौ तर आन्तरिक स्वासप्रश्वासको  मुख्य प्रकृयालाई देखेका हुदैनौं जस्तै ठूलो मिलको मोटर चलेकोमा  झट्रट देखी रहेको हुदैनौ तर त्यसमा जोडेर  लगिएका वेयरीङहरुमा लोता जोडेर एकै चोटी कतै तोरी पेलीरहेको कतै धान कुटीरहेको  त कतै मकै पिसीरहेको देख्छौ, जस्को केन्द्रीय मोटर वन्द हुदा त्यस संग जोडिएका सवै लोताहरु घुम्न छाडछन र  कुटानी पिसानीको सवै काम वन्द हुन्छ ।

खलाँतीको चालन र शरीको चालनमा फरक यति देखिन्छ कि, खलाँती चलाउने विश्वकर्मालाई देखेका हुन्छौं भने भित्रबाट हाम्रो पेटलाई तलमाथि गराउने कर्तालाई देख्दैनौं । हामी भन्न सक्तछौ पेटलाई भित्र वाहिर त हामीले चलाईरहेका हुन्छौ नि ! होइन हामीले चलाईरहेका हुदैनौ, हामीले चलाएका हुन्थ्यौ भने हामी निदाएपछि हाम्रो सास वन्द भएर मथ्यौं होला र वुढो भएर वा रोगलागेर मर्नलागेको वेलामा पनि फेरी स्वासप्रश्वाको गतिलाई तेज गरि वाँच्थ्यौं होला । काल नआए सम्म हाम्रो ध्यान अनेक काममा लागिरहदा पनि हाम्रो स्वास  चलीरहेकै हुन्छ र हाम्रा सवै अंगप्रत्यंग काममा कृयाशील भैरहेकै हुन्छन् । 

खलाँती चलाउने सिल्पकारलाई हामी प्रतक्ष देख्दछौ तर खलाँतीरुपी यो पेट सुकाउने र फुकाउने कस्ले गरिरहेको हुन्छ देख्दैनौं । यो खलाँतीको संचालक को हो ?  यस सासको उदगम बारे शरीर विज्ञानी तथा डाक्टरहरुको मत भिन्दै होला तर हामी सर्वसाधारण जिज्ञासुहरुको लागि धेरै रहस्यको कुरा हो । यही विन्दुबाट हाम्रो जिज्ञासा सुरु हुन्छ ।

आर्कैको इसारा र प्रयत्नमा जन्मने, सास फेरेर वाँच्ने हामी को हाौं हामीले शास फेर्न छाड्रने दिन तोक्ने अदृस्य शक्ति के हो ? हाम्रो परम लक्ष के हुनुपर्ने हो ? यो जगतको श्रस्टा को हो वा आँफै सृजित भएको हो ? यो श्रृष्टिमा जीवनको पहिलो सास फुक्ने को हुन् वा यसै हुन गयो ? पुरानो वाईवलमा भनिएजस्तै माटोको डल्लोमा यहोवाले जीवनको पहिलो सास फुकेर पहिलो मान्छे वनाएको भनेजस्तै हो, वा पुराणमा भनिएजस्तै हिरण्यगर्भाले, छरिएर रहेका महतत्व, प्रकृति र अहंकार समेतका २३ तत्वहरुको संयोजन गरी वनेको विराट शरीरले चल्न खोज्दा गति र समय वन्यो, वोल्न खोज्दा मुख वन्यो,सास फेर्न सुरु भयो , त्यसमा आएर अग्नी देवताले वास गरेर वोल्ने शक्ति पनि प्राप्त भयो,  हेर्न खोज्दा आँखा वन्यो र त्यँहा सुर्य देवताले वास गरे जसले गर्दा देख्ने शक्ति प्राप्त भयो, सुन्न खोज्दा कान वन्यो दशौं दिशा वन्यो, हिड्रन खोज्दा गोडा वन्यो, ह्दिय वन्यो, वुद्दि वन्यो यसरी क्रमशः वनेका सवै कर्मेन्दिय तथा ज्ञानेनिन्द्रयहरुले काम गर्न मात्र थालेनन यसैका अंगहरुबाट सवै जीव तथा वनस्पतिहरुको श्रृष्टि भयो । यस हिसावले हामीले फेर्ने गरेको यस सास विराट पुरुषको सासको अंश हुन आउदछ जुन कुरालाई विज्ञानले स्वीकार गर्दैन होला । 

श्रृष्टि सम्वन्धी उपरोक्त धार्मिक मान्यतालाई सवैले स्वीकार नगरेता पनि हामीले फेर्ने सास प्रकृतिको अंश हो,सायद यसमा विमति हुदैन होला । एकछिन शान्त भएर वसेर हाम्रो सास कसरी चल्छ भनेर आँफैलाई हेर्यौ भने थाहा हुन्छ, विना प्रयास भित्रबाट पेट विस्तारै फुक्न थाल्छ र नाकबाट सास भित्र पस्न थाल्छ जसलाई योग दर्शनमा पुरक पनि भनिन्छ, भित्र प्रवेश गरको सास त्यही नाइटोको फेद सम्म पुग्छ अति शुक्ष्म क्षण त्यहाँ रोकिन्छ जसलाई कुम्भक भनिन्छ फेरी त्यही पेट विस्तारै खुम्चिन थाल्छ तव नाक मुखबाट सास वाहिर जान्छ जसलाई रेचक भनिन्छ, यसरी यो प्रकृया जारी भैरहन्छ । 

यो देख्दा लाग्दछ कि, प्रकृतिले आफ्रनो श्रृष्टिको वृहत योजना संचालन गर्ने कार्यको लागि हामीलाई शरीर उपहार दिएजस्तो गरि त्यहि शरीरको माध्यमबाट आँफैले सास फेराएर जीवन अभिव्यक्त गरिरहेको छ । जसरी  आगो फुक्ने खलाँती नामको छालाको थैलीलाई विश्वकर्माले चलाउदा सम्म आरनमा कोइला प्रज्वालित हुन्छ र  छाड्दा हावा दिन सक्दैन निस्कृय रहन्छ त्यसरी नै हाम्रो छालाको थैलीरुपी पेटमा अव्यक्त कर्ताले गतिदिन छाडेपछि शरीर भित्रको हावा वा सास चल्न वन्द हुन्छ तव हाम्रा आफ्ना व्यक्तिगत जीवन धर्महरु समाप्त हुन्छन् । 

यी रहस्यका वारेमा थोरै सचेत हुन थाल्यो भने हामीले आँफुलाई म भन्न मेरो र तेरो भन्न हिच्किचाउने छौं । आफनो स्वासलाई विश्व स्वासको अंश, मनलाई विश्व मनको अंग तथा पुरै शरीर नै प्रकृतिको सम्पत्ति भएको कुरालाई स्वीकार गर्न तयार हुनेछौं । त्यसैले हामीले यस जीवनमा  जे पाएकाछौं,जति परिचय वनाएका छौ,जे जति गर्न सकेका छौ यो सवैका लागि आस्तिकले विराट पुरुषलाई,यहोवालाई, र नास्तिकले प्रकृतिलाई प्रथम हार्दिक धन्यवाद दिन विर्सन हुनेछैन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …