तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । जिल्लाको बराहपोखरी गाउपालिका वडा नम्बर १ अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिरपरिचित पोखरी तथा संगै रहेको धार्मिक महत्व बोकेको संखेश्वरी महादेवको निर्माण गर्नको लागि निवर्तमान माननीय विशाल भट्टराईले २०७३ सालमा संसदीय क्षेत्र विकास कोषको रकम रु ४५,००,००० विनियोजन गरेका थिए 

उक्त मन्दिर निर्माण गर्नको लागि साविक एमालेका क्षेत्र नम्बर २ का तत्कालिन क्षेत्रीय अध्यक्ष देवीप्रसाद रेग्मीलाई मा. भट्टराईले आफूखुसी  निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाईएका  थिए । निर्माण उपभोक्त समिति बनाउँदा सरोकारवाला आम उपभोक्ता उपस्थित गराएर मात्रै समिति बनाउनुपर्ने कानुनी व्यवस्था छ तर माननीयको दवावका कारण आम भेला नबोलाई एकलौटी ढंगबाट उपभोक्त समिति गठन गरिएको स्थानीय समाजसेवी ढकबहादुर कार्कीले बताए।

रेग्मीलाई आफूखुशी उपभोक्ता समितिको अध्यक्ष बनाउदा त्यतिबेला नै स्थानीयद्धारा आलोचना आईसकेको थियो । आम नागरिकको विरोधका वीच निर्माण गरिएको थियो।

निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

मन्दिर निर्माणमा गुणस्तरहिन सामानको प्रयोग गरेको पाईएको छ । सत्ता र शक्ति एवं माननीयको दबाबको कारणले निर्माण समितिले काम गर्दा गुणस्तरहिन सामानको प्रयोग गरेर निर्माणलाई अगाडी बढाएको खुलेको छ । उक्त मन्दिर निर्माणका लागि आएको रकममा संस्थागत भ्रष्टाचार भएको आम जनमानसको आशंका रहेको स्थानीयवासीहरू  बताउछन ।

पटकपटक उजुरी गर्दा पनि सरकारी निकायबाट वेवास्ता

मन्दिर निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको पाईएपछि भ्रस्टाचार भयो भनेर स्थानीयले तथा सरोकारवालाले पटक पटक सम्बन्धित निकायमा उजुरी गर्दा पनि निकायले गुनासोलाई वेवास्ता गरेको पाईएको छ ।  भ्रस्टाचार भयो भनेर पटक पटक उजुरी गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गर्नुले यो बताउछ कि, सरकारी निकायबाट नै भ्रस्टाचारीलाई संरक्षण गर्ने काम भईरहेको छ ।

१३ लाखमा बन्ने मन्दिरको खर्च ४५ लाख

१३ लाखमा सजिलै बन्ने मन्दिरलाई ४५ लाख खर्च गरिएको छ । आगमनखबर संग कुरा गर्दै  कांग्रेसका  खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईले भने, ‘ हामीले ईन्जिनियरको टोलीसहित मन्दिरको निरीक्षण गर्न जादा ईन्जिनियरले नै १२-१३ लाखमा बन्ने भनेका छन् ।’ संसदीय कोषको रकममा ठूलो भ्रष्टाचार र हीनामिना भएकोले हामी सबै योजनाको आन्तरिक छानबिन गरि सत्यतथ्य पत्ता लगाउने काम गरिरहेको क्षेत्रीय सभापति भट्टराईले बताए । 

Khotang

(४५ लाखमा निर्माण सम्पन्न मन्दिर )

नागरिकद्धारा उजुरी

नेपालि कांग्रेस  खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईले आर्थिक अनियमितताको  आशंका गर्दै  छानविन गरिदिनका लागि २०७७ माघ ४ गते वाराहापोखरी गाउँ पालिकामा दर्ता नं. ७१५  मा उजुरी दर्ता  गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी र जिल्ला प्रशासन कार्यालय खोटाङलाई वोधार्थ दिँदै  उनले गाउपालिकालाई छानविन गरिदिनका लागि उजुरी पत्र लेखेका हुन् । हाम्रो पटकपटकको आग्रहलाई वेवास्ता गरे स्थानीय सरकार तथा सरोकारवाला निकायका विरुद्ध शसक्त प्रतिवादमा उत्रने क्षेत्रीय सभापति भट्टराईले आगमनखबरलाई  बताए ।

Khotang

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …