तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता गगन कुमार थापाले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीले आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको गम्भीर अभियोग लगाइसकेपछि राजनीतिक मुद्दा बन्न नसक्ने हुदा अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गर्न माग गरेका छन् ।

नेता थापाले बिहिबार सामाजिक संजाल मार्फत माओवादी केन्द्रमा रहेकी लुम्बिनी प्रदेशसभा सदस्य खत्री साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बन्धक बनाएर जबर्जस्ती बुटवल पुर्‍याई जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको अभियोग राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् भनेका छन् ।

साउन १५ गते ११ बजे उपचारको लागि नेपालगन्ज जाने क्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक ढकाल र स्थानीय नेता रावतले हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔं हामी नै पुर्याइदिन्छौं भनी बन्धक बनाएर जबर्जस्ती मुख्यमन्त्रीको निवास बुटवलमा पुर्याएका थिए।

यस्तो छ नेता थापाले गरेको टुईट: लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीले ”आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको,मानसिक यातना दिएको” लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन। @PM_nepal_ ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …