तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको व्यवस्था गर्नुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था गर्नुपर्ने, यात्रा गर्दा ट्याक्सी चालकले ठग्ने गरेकाले त्यसप्रति ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

सांसद खिलकुमार विकले खोप आपूर्ति गरी सबैलाई व्यवस्थितरूपमा लगाउन सरकारसँग माग गर्नुभयो । वृद्धवृद्धाले लामो समयसम्म लाइनमा बस्नुपरेको भन्दै उहाँले त्यसलाई सहज बनाउन सुझाव दिनुभयो ।

सांसद उदय शर्मा पौडेलले काठमाडौँ उपत्यकामा ट्याक्सी चालकले ठग्ने गरेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । ट्याक्सीमा यात्रा गर्दा मिटरमा भाडादर निर्धारण गर्न उहाँले माग गर्नुभयो ।

सांसद कविता बोगटीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेका कारण जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गरेको आरोप लगाउनुभयो । बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद कोमल वलीले राष्ट्र निर्माणमा कलाकारको उल्लेख्य भूमिका रहेको भन्दै कलाकारलाई पीर, मर्का परेका बेला राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । कलाकार पल्पसा डङ्गोलको स्वास्थ्योपचारका लागि पहल गरिदिन उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा बाढीले अत्यधिक क्षति गरेकाले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै उनीहरुलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद जगप्रसाद शर्माले शैक्षिक मजदुर समस्यामा परेकाले उनीहरुको समस्या समाधान गर्न सरकारले पहल गरोस् भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …