तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली हरर चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा चयन भएको छ । आफ्नो चलचित्र यो महोत्सवमा चयन भएकोमा यसका निर्देशक भीमसेन लामाले खुसी व्यक्त गरेका छन् । न्युयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा यो फेस्टिभल आयोजना हुँदै छ ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि संयुक्त राज्य अमेरिकाको जनजीवन सामान्य बन्दै गएको छ । यसैक्रममा त्यहाँ विभिन्न कार्यक्रम पनि हुन थालेका छन् । सोही क्रममा यो महोत्सव आयोजना हुन लागेको छ ।

यो महोत्सव आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म अमेरिकामा आयोजना हुनेछ । चलचित्र कठपुतली यो महोत्सवमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको हो । कठपुतलीलाई महोत्सवमा सेप्टेम्बर २६ मा प्रदर्शन गरिने ‘विन्टर फिल्म अवार्ड’को वेबसाइटमा उल्लेख गरिएको छ ।

यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ ।

संसारकै प्रतिष्ठित फेस्टिभलमध्ये यसमा आफ्नो चलचित्र छनोट हुनु नेपाल र नेपाली फिल्म क्षेत्रका लागि गर्वको कुरा भएको ‘कठपुतली’का निर्देशक लामाले बताएका छन्, ‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो,’ उनले भने ।

फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनमा भएको हो । अहिले उनी फिल्मको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । ‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनमा भएको हो ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । अन्य हरर फिल्मभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।

निर्देशक लामाले यसअघि लघु फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यु गरेका हुन् । यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …