तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

टोक्यो ओलम्पिकको महिला जुडो तर्फ नेपालकी सोनिया भट्ट रुसी खेलाडीसँग पराजित हुनुभएको छ । शनिबार बिहान निप्पोन बुडोकन जुडो खेल अन्र्तगत ४८ किलोग्राम विधामा सोनियाले एक इप्पोन समेत बटुल्न सक्नुभएन ।

राउन्ड अफ ३२ को दोस्रो स्पर्धामा रुसकी एरिना डोल्गोभाले १०–० ले भट्टलाई हराउनुभयो । इप्पोनको आधारमा एरिनालाई विजेता घोषित गरियो । पहिलो चरणमै हारसँगै सोनिया स्पर्धाबाट बाहिरिनुभएको छ ।

यसअघि,आजै बिहान सम्पन्न शूटिङ्ग १० मिटर विधामा नेपालकी कल्पना परियार ५० राष्ट्र सहभागी स्पर्धामा ४६ औं स्थानमा रहनुभयो ।
उहाँ समेत अन्तिम आठमा छनौट हुन सक्नुभएन । अन्तिम आठमा छनौट भएकाले फाइनल खेल्न पाउनेछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …