काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता धनराज गुरुङले सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा नभएको बताएका छन ।
काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएकोप्रति नेता गुरुङ्ले कुकुरलाई माया गरेर काखमा राख्ने तर दलितलाई घृणा गर्नेहरुको भेदभावपूर्ण कार्य गलत भएकाले जातिय भेदभावको अन्त्य हुनुपर्ने बताएका हुन ।
नेता गुरुङले सबै मान्छे नै हुन्, तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको बताएका छन् ।
रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि सरकारलाई दबाब समेत सिर्जना गरेका छन।
नेता गुरुङकै शब्दमा :
कुकुरलाई प्रेमपुर्बक काखमा लिने तर दलितलाई घृणा गर्नेहरुको मानसपटलमा भरिएको विभेदपुर्ण सोंच बदल्न रुपा सुनारहरुको संघर्ष हो।
सबै मान्छे नै हुन्। तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको छ।
सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …