तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ्ग। खोटाङ्गमा ठुलो संखामा नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध वडाव्यापी प्रदर्शन गर्ने क्रममा खोटेहाङ गाउपालिका लिकुवापोखरीका ४५ जना र सावाकटहरेका ५५ जना गरी १०० जनाले नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन । नवप्रबेशीहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर स्वागत गरेका छन् ।

नवप्रबेशीहरुले सत्तारुटदल नेकपा नेतृत्वको दुई तिहाईको सरकार पार्टी भित्रको आन्तरिक किचलोले दुइ टुक्रा भइ कुर्सिको लागी मात्र रुमल्लिरहेको र केन्द्र देखी स्थानिय तह सम्म भस्टचारमा लिप्त भएको भन्दै नेकपा पार्टी परित्याग गरि कांग्रेसमा प्रबेश गरेका हुन ।

दुईतिहाईको सरकार बनेपछि देशमा स्थायित्व र विकाससँगै आन्तरिक रोजगारको अवसर सिर्जना हुनेमा विश्वस्त भएका जनता नेताहरुको एकपछि अर्को भ्रष्टाचार काण्ड तथा नाताबाद कृपाबादमा मुछिंदै गर्दा पार्टी फुटेर २ टुक्रा हुदा आफैले दिएको मतलाई धिक्कार्न पुगेको बताए ।

नवप्रवेशिहरुलाई स्वागत गर्दै नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको परिघटनाले पुष्टि गर्ने बताए। जनता कोरोनाको पिडाले आक्रान्त हुदा कोरोना भाइरसको रोकथाममा आवश्यक किटहरुमा समेत भ्रष्टाचार गरेका कारण नेपालका कम्युनिष्टले कात्रोमा समेत भ्रस्टाचार गर्ने निती राखेको बताए।

नेता राईले थपे, “कम्युनिष्टलाई जनताले ऐतिहासिक अवसर दिएको तर उक्त अवसरलाई कम्युनिष्टहरुले वालुवामा पानी हाले सरह अर्थहिन मुल्यांकन गरेका छन। नेपाली जनताको विकास र समृद्धिको सहयात्री केवल नेपाली काङ्ग्रेस मात्र भएको कम्युनिष्टहरुले फेरि एकपटक पुष्टि गरिसकेको बताए ।

देश विकासको यात्रामा काङ्ग्रेस मुल बाटोमा समाहित हुँदै समुन्नत नेपाल निर्माणको अभियानमा जोडिएकामा शुभकामना दिदै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सभामा उपस्थित सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै नेता राईले देश विकासका निम्ती काङ्ग्रेसको सपना साकार गर्न आफू नेतृत्व दिन समेत तयार रहेको बताए ।

खोटाङ जिल्लामा नेकपाको पकेट मानीने खोटेहाङ गाउपालिका लिकुवापोखरी र सावाकटहरेका युवाहरुले नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्दा नेकपालाई ठूलो धक्का पुगेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …