तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रामेछाप। रामेछाप पकरबासमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५१ जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस केन्दिय सदस्य युवा नेता प्रदिप पौडेलले नव प्रबेसीहरुलाई स्वागत गरेका थिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले फुटको संघारले जनताका लागि केहि ठुलो धोका भएको नेकपाले आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भास्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको नव प्रबेसिहरुले आरोप लगाउदै कांग्रेसमा प्रबेश गरेका छन् ।

आयोजित कार्यक्रममा बोल्न्दै कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग र लोकतन्त्रको खिल्ल्ली उढाएको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताएका छन्। सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतको आखाबाट गल्ती ढाकछोप गरेको साथै सत्ताको आडमा रहेर विभिन्न माध्यम द्वारा नेपाली जनता लाई भ्रममा पारिरहेको मनपरि तन्त्र अपनाइ रहेको बताए ।

पार्टी प्रवेश गर्नेहरुमा तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान,रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, पासाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, सागर योन्जन, सुरेन्द्र पण्डित, गणेश पण्डित,प्रकाश थापा, सुजन मोक्तानलगायत ५१ जना रहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …