तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ ।

कांग्रेसले तत्काल युद्धस्तरमा उद्धारको कार्य गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका हुन् ।

यसैगरी उनले सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशनसमेत दिएका छन् । उहाँले बाढीका कारण जीवन गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

वर्षाको समयमा हरेक वर्षझैं यस वर्ष पनि बाढी पहिरोको घटना विकराल बन्नसक्ने स्थिति दृष्टिगत गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकले यसबारे विपद् व्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो । यसबारेमा पुनःसरकारको ध्यानाकृष्ट गराएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …