कतार । आगामी हुन लागेको गैर आवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा कतारबाट राजेन्द्रमुमार (आर्के) शर्माले आफ्नो उम्मेदवारी दिने घोषाणा गर्नुभएकोछ ।
शर्माले नेपाल महिला समाज कतार एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा र कतारमा रहेको क्रियाशिल संघ संस्थाले संयुक्तरूपमा आयोजना गरेको हरितालिका तिज कार्यक्रममा कतारमा रहेको ५७ वटै क्रियाशील संघ संस्थालाईलाई साक्षी राखेर आफु एनआरएनए आइसीसीको अध्यक्ष पदमा उठ्ने घोषणा हेरेको हुन् ।
उक्त कार्यक्रममा शर्माले एनआरएनए आइसीसीको आगामी कार्यकालको लागि अध्यक्षमा उमेदवारी दिने घोषाणा गरे संगै अब छिटै १० दिन भित्र काठमाडौंमा एक कार्यक्रम गरि एजेन्डा सहित आफ्नो उम्मेदवारी औपचारीक रुपमा घोसणा गर्ने बताएका छन् ।
शर्मा यतिबेला अमेरिका क्षेत्रको भ्रमणमा हुनुहुन्छ। उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकता देखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको बताउनुभयो ।
उनको उम्मेदवारीमा कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएका छन। शर्मा आफू कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको र एनआरएनए आइसीसीको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए ।
गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबर १७ देखि २० अक्टोबर सम्म असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …