तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति सदस्यमा क्यानाडाबाट तीन जना मनोनित भएका छन।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन हुँदा क्यानाडाबाट जन संपर्क समितीका सभापति बुद्दी प्रकाश ओली, पत्रकारद्रय बनस्त कार्की र सदस्य कृष्ण रेग्मी उपसमिति सदस्यमा मनोनित भएका हुन  ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा चैत २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत निर्वाचनलाई प्रभावकारी बनाउन उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …