तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।

गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।

‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले राजधानीसँग भने ।

पक्राउ परेकाहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ

कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ

वसन्त कुँवर, प्रमुख, महानगरीय अपराध महाशाखा क्याटेगोरी हेरेर अग्रिम रकम

उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ ।

‘कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ,’ कुँवरले अघि भने ।

यसरी नक्कली परीक्षार्थी खोज्नका लागि भने सक्कली परीक्षार्थीहरूले आफन्त, नातागोता तथा जेहेनदार विद्यार्थीहरूको साहरा लिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा ललितपुरको किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । यसैगरी, भारतीय नागरिक अहमद अन्सारी र परीक्षार्थी सन्नीकुमार साहसमेत पक्राउ परेको प्रहरीले भनेको छ । आरोपीहरूले परीक्षार्थीको नागरिकतासमेत बोकेर परीक्षामा सहभागी भएका थिए ।

प्रहरीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको जनाएको छ । एमबीबीएसको इन्ट्रान्स परीक्षामा लामो समयदेखि नै सेटिङका आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो ।

एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने’boutमा अनुसन्धान गर्दै आइरहेको थियो ।

गत बिहीबार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएसको इन्ट्रान्समा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …