नवलपरासी। नवलपरासीको सुनवलमा बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालका अनुसार बेलिब्रिजमा समस्या आएपछि शनिबार साँझबाट सवारी आवागमन बन्द भएको हो।
नारायणगढ-बुटवल सडक बिस्तारको क्रममा नयाँ पुल निर्माणको क्रममा खाडल खन्ने क्रममा बेलिब्रिजको भाग भासिएपछि यातायात ठप्प भएको हो । पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि बर्दघाटबाट बुटवल जानुपर्ने सवारीलाई भुमही हुँदै भैरहवातर्फबाट संचालन गराइएको छ भने बुटवलबाट पूर्व आउने सवारीलाई भैरहवा परासी सडक खण्डबाट संचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …