तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा। नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ ।

लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।

सञ्चार गृहले विगत तीन वर्षदेखि नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष वृद्धिका लागि देउसीभैलो कार्यक्रम खेल्दै आएको अध्यक्ष शिवाकोटीको भनाइ छ । गत वर्ष कोभिड– १९ का कारण संस्थाले सामाजिक सञ्जालबाट देउसी खेलेको थियो ।

रु २५ लाख लक्ष्य राखेर स्थापना गरिएको अक्षयकोषमा हाल रु २२ लाख जम्मा भइसकेको कोषका संयोजक तथा संस्थाका उपाध्यक्ष रेजिना गौतमले बताउनुभयो । त्यसैगरी साहित्य चौतारी झापाले विर्तामोडस्थित हनुमान मन्दिर अगाडि सामूहिक देउसी कार्यक्रम गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …