तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लन्डन ।लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ ।

मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओषधी महत्त्वपूर्ण हुने बताएका छन्। उनले कोभिडका बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमति दिने बेलायत विश्वकै पहिलो मुलुक बनेको पनि बताए ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको यो पहिलो औषधी हो ।परीक्षणमा रहेको खाने चक्कीले कोभिड अस्पताल भर्ना दरको जोखिम आधा घटाउने पनि अनुसन्धानले देखाएको छ ।

कोरोना भाइरसको हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका मानिसमा  उक्त चक्कीको प्रयोगका लागि अनुमति दिइएको त्यहाँको औषधि नियामक एमएचआरएले बताएको छ। मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसलाई कोरोना संक्रमण भएपनि यसको प्रयोग गर्न सकिने छ ।

कोभिडको उपचारमा सुईको साटो खान मिल्ने औषधि  विश्वमै पहिलो पटक अनुमोदन गरिएको उक्त संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनेकि छन् ।

बेलायतले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार ओटा मोल्न्यूपिरभीर चक्की पाउने गरी खरीद सम्झौता गरेको छ। साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार चक्की पनि खरीद गर्नेछ। बीबीसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …