तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन शुक्रबार आफ्नो संगठनलाई निर्देशन दिएको छ ।

कांग्रेसका महमन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा असोज ७ गते बसेको बैठकले कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन दिएको हो ।

बैठकले एनआरएनको लागि क्षेत्र हेर्ने केन्द्रीय नेतासमेत तोकेको छ । युरोप क्षेत्रको लागि सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रको लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मिलेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व र नेपाली जनसर्म्पक समितिका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एनआरएनको १० औं महाधिवेशनको लागि आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । महधिवेशन कात्तिक ६–८ देखि काठमाडौंमा हुँदैछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …