तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मान्म। कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् ।

कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् । कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताउनुभयो ।

“कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उहाँले भन्नुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा  लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।

सेनाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट््याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताउनुभो ।

आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “औपचारिक जानकारी आए कारवाही गर्छाैं ।” रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …