तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ ।

प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले प्रभावित नयाँ बानेश्वर क्षेत्रको सडक खुलेकाले यातायात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो ।

सडक प्रभावित हुँदा विद्यालका विद्यार्थी, कर्मचारी तथा अत्यावश्यक कामले आवतजावत गर्ने जनसाधरणले सहज रुपमा यात्रा गर्न पाएनन् । माइतीघरदेखि तिनकुनेसम्मको सडक अवरोध भएपछि बागमती करिडोर र चक्रपथको बाटो भएर सवारी साधनको अत्याधिक चाप थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवनको दक्षिण गेट अगाडिपट्टिको सडकमा एमसिसीको विरोधमा प्रदर्शन गरिएपछि उक्त क्षेत्रको यातायात आवागमन दिनभरजसो अस्तव्यस्त भएको थियो । प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको र दुवैतर्फ केही घाइतेसमेत भएको जनाइएको छ । दिउँसो सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै माइतीघर–तीनकुने सडकखण्डमा सवारी आवतजावतमा रोक लगाइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …