तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा। गल्याङ नगरपालिका-११ स्थित करिब २५ बर्ष पहिले बनेको स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलोमध्येको एक पुरानो ग्रामीण सडकखण्डको कालोपत्रे गर्ने कार्य यथाशीघ्र समयमा सूचारु नभएको र जनता एवं यातायात व्यवसायीहरुले अत्यन्तै कष्टप्रद जोखिमपुर्ण यात्रा मोल्नु परेको भन्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण सहित दबाबमूलक कार्यक्रम सम्पन्न गरिएको छ।

त्यसैगरी कार्यक्रमकै क्रममा आउदै गरेका चाडपर्वलाई मध्यनजर राख्दै स्थानीय सरकारलाई पनि यात्रा सहजताको उपाय खोज्नको लागि ध्यानाकर्षण गराईएको छ। आम जनसमुदाय, यातायात व्यवसायी, प्रहरी प्रशासन र पत्रकारहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको स्थानीय सरोज कंडेलले आगमन खबरलाई जानकारी गराउनुभएको छ।

समयमै कार्यसम्पन्न गर्नको लागि निर्माण व्यवसायी(ठेकेदार) एवं प्रदेश/संघीय सरकार हार्दिक अनुरोध गरिएको छ अन्यथा चापाकोटदेखि गल्याङ सडक उपभोक्ताहरु उत्रिएर थप सशक्त कार्यक्रमहरु अगाडी बढ्न बाध्य हुने भन्दै सम्पुर्ण सम्बन्धित् निकायलाई ध्यानाकर्षण गराइएको छ।

डिल्लिराम अर्यालले संचालन गर्नुभएको कार्यक्रममा गल्याङ नगरपालिका-११ का वडादक्ष शंकरदेब अधिकारी, स्थानीय बुद्धिजीवी नारायण प्र.ज्ञवाली, लिलाराम ज्ञवाली, टंक प्रसाद भट्टराई र दिमिक युथ क्लबका अध्यक्ष ढाकारामले बोल्नु भएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …