काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले कम्युनिष्टको बृहत् एकताबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटी काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको विभिन्न पेशा, व्यवसाय गरी बस्ने कार्यकर्ताको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, “मुलुक स्वाधीन नभइकन समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्न सक्दैन ।” माओवादी केन्द्रले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले यसका लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी कम्युनिष्टको बृहत् एकता आवश्यक भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ र नेता इन्द्रबहादुर थिङले पार्टीले अगाडि बढाएको कार्यदिशा पूरा गर्नका लागि युवापंक्तिलाई आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी माओवदी केन्द्रमा प्रवेश गर्नेहरुलाई नेता गुरुङले स्वागत गर्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …