तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल पठाइने भएको छ।

नेपालमा अक्सिजनको अभाव हुन थालेपछि एनआरएनए क्यानाडाको निरन्तर पहल स्वरूप ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल पठाउने भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत क्यानाडामा रहेका विभिन्नसंघ सस्थाको सहकार्यमा संकलित रकमबाट ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल पठाइने अन्तिम तयारी भएको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमन खबरलाई जानकारी दिनुभयो।

घिमिरेका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाको पहलमा क्यानाडा स्थित विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा ७५ लाख रुपिया बराबरको ७५ थान होई अक्सिजन कन्सन्ट्रेटर्स खरिद गरि नेपाल पठाउने भएको हो ।

एनआरएनए क्यानाडाले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान हातेमालो गर्दै क्यानाडा स्थित(Nepalese Canadian Heritage Centre) (NCHC) पशुपतीनाथ मन्दिर  ग्रेटर टोरन्टोक्षेत्र मार्फत १० थान, नेपाली सांस्कृतिक समाज मनिटोबा (NCSM) ५ थान, एनआरएन क्यानाडा उपाध्यक्ष एवम माल्टन सांसद उमेदबार विजय पौडेल, पूर्णिमा डागा परिवारमार्फत ५ थान, ब्रिरिटिश कोलम्बिया नेपाली सांस्कृतिक समाज (NCSBC) ५ थान, नेपाली क्यानाडाली समाज एडमन्टन (NECASE) ५ थान, नेपाली मधेसी समुदाय क्यानाडा (NMCC) ३ थान, नेपाली समुदाय नेटवर्क क्यानाडा (NCNC) २ थान, नेपाली क्यानाडाली सामुदायिक सेवा (NCCS) २ थान, बाग्लुङ सेवा समाज क्यानडा २ थान, नेपाली समुदाय एसोसिएटियो (CNCA), क्यालगरी १ थान, कृष्ण केसी र मना केसी स्कार्बोरो १ थान, लियाम अन्तर्राष्ट्रिय निगम क्यानडा र डा.पुण्य कडेल १ थान ,नेपाली जनजातिसंघ क्यानाडा (NJAC) १ थान, उमाशंकर मल्लिक ब्रम्पटन १ थान र विदेशी नेपाली एकता फोरम (ONUF) क्यानडा १ थान, टोरन्टो स्पोर्ट कल्ब १ थान सहयोग गरि अभियानमा सहभागी रहेको संघले जनाएको छ।।

एनआरएनए क्यानाडाको अभियान अन्तर्गत प्राप्त अक्सिजन कन्सन्ट्रेटर्स छिट्टै नेपाल पठाउने र हस्तान्तरण गरिने तयारी गरेको अध्यक्ष घिमिरेले बताउनु भयो। एउटा अक्सिजन कन्सन्ट्रेसनले १० लिटर प्रति मिनेट अस्सिजन उत्पादन गर्ने र सामान्य अबस्थामा २ जनाको लागि प्रयोग पनि गर्न सकिने कन्सन्ट्रेटर्सको मूल्य करिब एक लाख नेपाली रुपैयाँ पर्नेछ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …