तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिम जिल्लाको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् । आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर हुदा अध्ययन छाडेर रोजगारीको खोजिमा रहेका उनीहरुलाई पहिलो वर्षको अध्ययन खर्च स्वरुप ५१ हजार ९ सय ६० रुपैया लुम्विनी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका छन् । ‘अध्ययनमा रुचि हुदाहुदै आर्थिक कारणले विद्यम्लय छाड्न लागेको थाहा पाएपछी मैले उनीहरुको लागि स्तानकोत्तर सम्मको जिम्मा लिएको छु । ’नगर प्रमुख थापाले भने,‘अध्ययनबाट कोही पनि विमुख हुन नपरोस भन्ने मेरो मान्यता हो । ’

बाध्यताले अध्ययन छाड्नुपर्ने अवस्थामा पुगेको थिए , अहिले नै कामको खोजिमा हिड्दा सामान्य मजदुरी गर्नुपर्ने अवस्था आउन सक्दथ्यो । ’सुकदेव हरिजनले भने,‘अव राम्रोसंग अध्ययन गरेर सरकराी सेवामा प्रवेश गर्ने लक्ष्य छ ।’

सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरपालिकाका प्रमुख थापाले आफुले पाउदै आएको तलब भत्ता वृद्धवृद्धा , असाहाय , विरामी र सामाजिक काममा खर्च गर्दै आएका छन् । अहिले सम्म प्राप्त सबै सुविधा थापाले सामाजिक काममा सहयोग गरेका हुन । साथै थापाले सरकारी गाडी समेत प्रयोग गरेका छैन । समाजसेवी ज्ञानचन्द्र यादवको विशेष पहलमा दुई विद्यार्थीको अध्ययन गर्ने मौका पाएको परिवारजनले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …