तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका वडा न.२ डाँडागाउँमा नेकपाका नेता तथा कार्यकर्ता नेकपा पार्टी पारित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

दिप्रुङ चुईचुम्मा गाउपालिका वडा न: २, डाँडागाउँ स्थित वडा सभाहलमा दिप्रुङ चुईचुम्मा गाउपालिकाका उपसभापति देवि श्रेष्ठको सभापतित्वमा भएको एक कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् युवा नेता  रबि प्रकाश राईको प्रमुख अतिथि तथा राईकाजी राईको नेतृत्वमा १३ जना नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) समर्थक कार्यकार्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेहरुमा राईकाजी राई, मोजन विशुङखे, दिपक श्रेष्ठ, राजकुमार विशुङखे, मनिस शोनाम, शुसीला राई,अमि दाहाल, सुमन सुन्दास, अशोक  अधिकारी, राजकुमार पौडेल, अनिश चाम्लिङ राई, प्रकाश शोनाम,देवेन्द्र खड्का रहेका छन् ।

आयोजित कार्यक्रममा नव प्रवेशी हरुलाई प्रमुख अतिथि रवि प्रकाश राई, विशेष अतिथि नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ (ख) का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, जिल्ला सदस्य दिनेश घिमिरे, शरण कुमार राई, नेविसंघ खोटाङका वरिष्ठ जिल्ला उपाध्यक्ष नईन्द्र राई, सचिव रोहित राई,  नेपाली काँग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका महासचिव डम्वर खड्का गाउँ  पालीका उपसभापति कला राई लगायतले अवीर टीका लाएर स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपाली काँग्रेस खोटाङका आमन्त्रित जिल्ला सदस्य बिष्णुराज राई, क्षेत्र नम्बर २, क्षेत्रीय उपसभापति केसव कुमार खत्री , काँग्रेस नेता शम्भु कार्की, एल वि राई, गाउपालिका कोषाध्यक्ष भोला दाहाल, पालिका सदस्य  प्रविण राई, गजेन्द्र राई, लगायतका नेता  तथा कार्यकर्ताको उपस्थिति रहेको युवा नेता समीर राईले जानकारी दिनुभयो 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …