तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा  पार्टी परित्याग गरी तत्कालिन माओवादी केन्द्रको अध्यक्ष पदको उम्मेदवार  सहित ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

स्थानिय तहको निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेको फुर्वा तामाङको नेतृत्वमा ३४ जना पार्टी प्रवेश गरेका हुन् । 

दिप्रुङ चुईचुम्मा गाँउपालिकाको वडा नम्बर २ डाडागाउँ साविक वडा नम्बर २ बोफ्लुका ३४ जना आज नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा बुद्धिमान तामाङ, दिनेश तामाङ, दोर्जिङ तामाङ, सुनिल तामाङ, मनोज तामाङ, विश्वास तामाङ, गजेन्द्र तामाङ, ओमसीं तामाङ, दिपेन्द्र राई, सुरेन्द्र राई, निशान थापा, थापा, गौरव राई, मिलन तामाङ, धनकुमार राई, महेश तामाङ, ज्ञानेन्द्र कुमार थापा, सुनिता राई, सन्जु राई (लिम्बु) धनकुमारी राई, हिराधन राई, विन्द्र बहादुर भुजेल, भिम कुमार तामाङ, दिल कुमारी राई (तामाङ) सान्ताक कला तामाङ, सोङडोल्मा तामाङ, फूर्वाछिरिङ तामाङ, सुवास खड्का, सम्राट खड्का, रामकुमारी राई, परिमान तामाङ, आङडोल्मा तामाङ, सुमन सुनाम, कौशल लामा रहेका छन् । 

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, तरण दल जिल्ला सचिव कबिन राई, पूर्व जिल्ला सदस्य बदैी कटुवाल, वडा नम्बर १ का सभापती सुक्र राई, वडा नम्बर २ का सभापती भिम बहादुर राउतको उपस्तिथीमा नव प्रवेशीलाई स्वागत गरिएको वडा नम्बर ५ का सदस्य तथा नेपाली कांग्रेसका युवा नेता अम्रित गिरिले जानकारी दिनु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …