तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता  रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा खोटाङको जन्तेढुङ्गा गाउपालिका वडा नं. ६ दिप्लुङ स्थित भएको एक कार्यक्रममा नेकपा पार्टी परित्याग गरि दिप्लुङका १४ जना युवा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन्। 

नव प्रवेशीहरु क्रमश मिलन राई, प्रकाश राई, जीवन राई, सन्जिप राई, पर्शुराम राई, भुमिराज राई, जेमन राई, बाबुराम मगर, कालिदास परियार, प्रबिन राई, किशोर राई, जित बहादुर राई, एजु राई, नेकपा पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ,उनिहरुलाई नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य राईले अबिर टीका लगाएर नेपाली काँग्रेस पार्टीमा स्वागत गर्दै राईले युवाहरुको हरेक दुःख सुखमा नेपाली काँग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

राईले कम्युनिस्ट सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गर्दै कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको बताए ।

आयोजित  कार्यक्रममा महासमिति सदस्य रवि प्रकाश राई, महाधिवेसन प्रतिनिधि राम कुमार श्रेष्ठ, जिल्ला कोष अध्यक्ष  जिबन कुमार राई, नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर दुई क्षेत्रीय सभापति  तिर्थराज भट्टराई, नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य कर्ण बिक, खेम खड्का, देवराज बस्नेत नेपाली काँग्रेस खोटाङको क्षेत्र नम्बर दुईका क्षेत्रीय सचिव तारा मान राई समेतको उपस्थिति रहेको वडा सभापति दिलिप राईले जानकारी दिनुभयो ।

त्यसैगरी जन्तेढुङ्गा ५ चिसापानीका नेकपा खोटाङ जिल्ला कमिटी सदस्य टंक बहादुर मोक्तान, जन्तेढुङ्गा ५, साबिक चिसापानी ६, बाट साङ बहादुर तामाङ , गजेन्द्र तामाङ, र सङ्गम बस्नेत, नेकपा पार्टी परित्याग गरि एक विशेष कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। नव प्रवेशी हरुलाई नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य रवि प्रकाश राई ,नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, महाधिवेशन प्रतिनिधि राम कुमार श्रेष्ठ, नपाली काँग्रेस जिल्ला सदस्य खेम बहादुर खड्का, लगायत युवा नेता बजिन्द्र बिस्टले अबिर टीका लगाएर पार्टी प्रवेश गराउनुभएको नेपाली काँग्रेस जन्तेढुङ्गाका कार्यसमिति सचिब  मोहन राईले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …