तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन तथा खोटांग जिल्लाको ७ औ जिल्ला अधिवेशनको तयारीमा जुट्दै गर्दा खोटाङका युवा नेता तथा सामाजिक ब्यक्तित्व निशान राईले नेपाली कांग्रेस पार्टीमै रहेर काम गर्ने भएका छन् । लामो समयदेखि नेपाली काँग्रेसमा आबद्ध राई बिचमा राप्रपा पार्टीमा प्रवेश गरि २०७४ सालको स्थानीय निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको उमेदवारी दिएका थिए।

बिहीबार वीपी स्मृती भवन दिक्तेलमा नेपाली कांग्रेसको कार्यक्रममा पुन कांग्रेसमा रहेर विधि र विधान अनुसार राजनीति गर्ने इच्छा जागेको बताउदै कांग्रेस प्रबेस गरेका हुन् । सानै उमेरदेखी सामाजिक कार्यमा क्रियाशिल उनि लामो समय नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि समेत थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस खोटांगका पार्टी सभापति नरेश श्रेष्ठ ,पुर्व पार्टी सभापति बिष्णु कुमार राई , सचिव श्री ज्ञानेन्द्र जोशी काँग्रेस जिल्ला सदस्यहरु क्रमश दिनेश घिमिरे श्रीमती ध्रुवकला राई , श्रीमती डिल्ली कुमारी आचार्य लगायतको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसको पहिलो जिम्मेवारी भनेको वीपीको समाजवादलाई र समय अनुसार परिमार्जन गर्दै गणतन्त्र, राष्ट्रियता, सार्वभौमसत्तालाई बलियो बनाउनुपर्ने रहेको राई बताउछन् । होटल व्यवसायमा संलग्न राईले कृषिलाई अगाडी बढाउँदै होम स्टेको अवधारणा राखेर नेर्पामा ‘होम स्टे एण्ड एग्रो टुरिजम’लाई पनि अगाडी बढाई रहेका छन् ।

पुनः कांग्रेसमा निरन्तरता दिएका राई लगाएत नेर्पाका मोहन गुरुङ, दिक्तेल रुपाकोट मझुवागढ़ीका नारायण राई (निशान ) र रविन राई र लफ्याङका राम खड्कालाई नेपाली कांग्रेस खोटाङका पार्टी सभापति नरेशकुमार श्रेष्ठ, महासमिति सदस्य विष्णु कुमार राईलगायतले स्वागत गरेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …