तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङमा नेकपाका सक्रिय नेता तथा कार्यकर्ता सहित नेकपा पार्टी पारित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता  रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा खोटेहाङ गाउँपालिका वडा नम्बर  ६ ईण्द्रेणीपोखरी स्थित भएको एक कार्यक्रम नेकपाका सक्रिय नेता कार्यकर्ता नेकपा पार्टी परित्याग गरि  काँग्रेसमा प्रवेश गरेका हुन् ।
 

आयोजित कार्यक्रममा नव प्रवेशी हरुलाई नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य राईले नव प्रबेशी युवाहरुलाई स्वागत गरेका छन । स्वागत  गर्दै नेता राईले युवाहरुको हरेक दुःख सुखमा नेपाली कांग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरे।

उनले कम्युनिस्ट सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गरे। कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको बताए ।

नव प्रबेशी युवाहरुले नेपाल कम्युनिस्ट नेकपा जनताको सुखदुखको पार्टी हुन नसकेको ,सम्पूर्ण क्षेत्रमा जनसहभागितामा नभई एकलौटी रूपमा स्थानीय जनप्रतिनिधिहरूले निर्णय गरेको,आफ्नो मनोमानी ढंगले बिकास निर्माण गरेको र विकास निर्माणमा चरम् लापवार्ही भएको तथा सम्पूर्ण योजनाहरू स्थानीय सरकार संचालन ऐन संग मेल खाने खालको नभयको र कुनैपनि हालतमा हुन नसक्ने र बर्तमान नेकपा दुई तिहाइ सरकारको हावादारी कार्यबाट देशको समृद्धि हुन नसक्ने आरोप लगाउदै उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा महासमिति सदस्य रवि प्रकाश राई, नेपाली काँग्रेस  खोटाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई , त्यसै विद्यार्थी युवा नेता नेविसंघ खोटाङका उपअध्याक्ष नईन्द्र राई, लगायत नेपाली काँग्रेस खोटाङका बाक्लै नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको नेविसंघ  खोटेहाङ गाउपालिकाका अध्यक्ष गणेश खड्काले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …