तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राजेश महतो (नेपाली कांग्रेस माहासमिती सदस्य धनुषा)

विद्यार्थी कालदेखि नेविसंघको सदस्यता लिएर निरन्तर रूपमा विभिन्न आन्दोलनमा सरिक हुँदै नेतृत्व गर्दै अहिलेको नेपाली कांग्रेसको केन्द्रीय उपसभापतिसम्म आइपुगेका विमलेन्द्र निधिको सभापतिको दाबेदारी एकदमै उचित देखिएको छ ।

विमलेन्द्र नीधिको मधेसमा मात्र नभएर देशभरी नै उतिकै चर्चा भइरहेको छ । सम्पुर्ण कार्यकर्ताहरु को चाहना पनि निधि, नेपाली काङ्ग्रेसको सभापति बनोस भन्ने हो । सर्वप्रथम त उहाँ काँग्रेसका सबभन्दा पुरोना नेता विपी कोइरालाको पालादेखीको अनुभब रहेका निधी २०३६ सालमा विपी कोइरालाले पार्टीका लागी उनको अबश्यक्ता देखेका थिए ।निधी १२ वर्षकै उमेर देखी राजनीतिमा सक्रिय भएर लाग्नुभयो । १६ वर्षकै हुँदा प्रहरीले समातेर जेलमा राख्यो ।

निधीले पटक पटक जेल जीवन विताउनुभएको छ । कहिले ४ महिना त कहिले ६ महिना गरी ७ वर्ष जेलमा बस्नुभयो– प्रजातन्त्रका लागि । पार्टीमा उहाँको ठूलो अमुल्य  लगानी छ । देश र जन्ता को लागि  आफ्नो मेहनत, इमान्दारी र लगनशीलताले पार्टीमा उहाँ उच्च स्थानसम्म पुग्नुभयो र । वास्तवमा  उहाँ पहिल्यै पार्टीको सभापति बनिसक्नुपर्थ्यो । तर उहामा छुट्टै प्रतिभा छ।  पार्टीमा सधैभरि शेरबहादुर  देउवा लाई अगाडि सार्नु भयो जसका कारण देउवा सभापति बन्न सफल हुनु भयो यो सत्यलाई कसैले नकार्न सक्दैन 

नीधि कै सहयोगले शेरबहादुर देउवा पार्टीको सभापति बनेको कार्यकर्ताहरुको भनाइ नकार्न  सकिन्न । दुबै जनाबीच एउटा सम्झौता भएको थियो– यो पटक तपाईलाई सहयोग गर्छु, अर्को पटक तपाईले मलाई सहयोग गर्नुपर्छ । अर्को कुरा नीधि भन्दा परिपक्क र सिनियर लिडर नेपाली काँग्रेसमा को हुनुहुन्छ अहिले ? उहाँ (निधी) भन्दा पहिले नेविसंघको सभापति देउवा हुनुहुन्थ्यो । शेखर कोइराला र सशांक कोइरालाको कुरा गर्ने हो भने,पार्टीमा गगन भन्दा पनि कान्छो हो । पुरै नेपालमा भनौं वा पार्टीमा बिमल दाइ को जुन मेहनत छ, त्यसलाई र कार्यकर्ताहरु को चाहनालाई कदर गर्दै  उहाँले सभापतिमा लड्नैपर्छ । हामी पनि उहाँलाई भन्छौं– तपाईमा पनि जुन बिपि ले देख्नु भएको सपना थियो त्यो सपना पूरा गर्नको निम्ति पनि तपाई सभापति  लड्नैपर्छ ।निधीलाई सभापति बनाएपछि सबै वर्गको पार्टी काँग्रेस हो भन्ने सन्देश जानेछ 

निधिको विगत हेर्ने हो भने संघर्षका विषम परिस्थितिमा नेतृत्व गरेका एकाध नेताबाहेक लोकतान्त्रिक आन्दोलनमा निधिको योगदान अग्रस्थानमा नै देखिन्छ । २०२७ सालमा मधुवनी जिल्लाका उमगाउँमा नेविसंघको सदस्यता लिएका निधि सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्दा २०२८ सालमा भएको विद्यार्थी आन्दोलनको क्रममा महन्त ठाकुर र रामप्रसाद गिरीसँगै जेल चलान गरिएका थिए । २०२९ सालमा रामस्वरूप राम सागर बहुमुखी क्याम्पसको भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदमा निर्वाचित निधि २०२९ सालको विद्यार्थी आन्दोलनको क्रममा मसाल जुलुस निकाल्दा पक्राउ परी सिन्धुली जेलमा बस्नुपरेको थियो ।

स्नातक तह अध्ययनका क्रममा २०३३ सालमा राराब क्याम्पस जनकपुरबाट शुरूआत भएको विद्यार्थी आन्दोलनमा पक्राउ परेर निधिले १८ महिना रामेछाप जेलमा बस्नु परेको थियो । २०३६ फागुन २९ र ३० गते जनकपुरधामको गोपाल धर्मशालामा भएको जननायक बीपी कोइरालाद्वारा उद्घाटित नेपाल विद्यार्थी संघको तेस्रो महाधिवेशनबाट २३ वर्षकै उमेरमा विमलेन्द्र निधि सर्वसम्मत सभापति बन्न सफल भएका थिए । २०३७ सालमा भएको जनमत संग्रहमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यिनी २०४२ सालको सत्याग्रहमा समेत जेल बस्न बाध्य भएका थिए ।

२०४६ सालमा भएको जनआन्दोलनमा जनकपुर क्षेत्रको नेतृत्व लिएका यिनलाई ‘सुट वारेन्ट’ नै जारी गरिएको थियो । जनआन्दोलनको सफलतापश्चात् सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्मा गान्धीवादी नेता महेन्द्रनारायण निधि जलस्रोत तथा स्थानीय विकास मन्त्री भएपछि विमलेन्द्र नेविसंघको केन्द्रीय सभापति हुँदाको समयपछि पुनः राजधानी बसाइ गर्न थाले । २०४८ सालमा भएको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट महेन्द्रनारायण निधि निर्वाचित भएका क्षेत्रबाट नै २०५१ सालको मध्यावधि निर्वाचनमा विमलेन्द्र निधि पहिलो पटक संसदमा निर्वाचित भएका थिए ।

२०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा सामान्य प्रशासन मन्त्री बनाइएका विमलेन्द्रलाई २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पुनः सामान्य प्रशासन मन्त्री बनाइयो । २०५६ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा आफ्नै दल भित्रका एक समूहको असहयोगका कारण राष्ट्रिय प्रजातान्त्रिक पार्टीका कृष्णप्रताप मल्लसँग निधि पराजित भएका थिए ।

२०६१ सालमा शेरबहादुर देउवाको नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएका निधिलाई २०६१ असार २१ गते मन्त्रिमण्डल हेरफेर, थप र कार्यविभाजन गर्दा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रविक्रम शाहले शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर सत्ता बागडोर आफ्नो हातमा लिएपछि उनलाई पक्राउ गरी काठमाडौंको कारावासमा राखियो । २०६३ सालको १९ दिने शान्ति पूर्ण जनआन्दोलनको दबाबमा पुनःस्थापित संसदद्वारा निर्मित अन्तरिम संविधान २०६३ अनुसार भएको २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा आफ्नो जन्मथलो रहेको धनुषा क्षेत्र नम्बर ३ बाट संविधान सभाका सदस्यमा निधि निर्वाचित भएका थिए । 

मन्त्रिपरिषद्को सिफारिसमा २०६९ सालमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा गठित सरकारद्वारा गराइएको २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बन्न पुगेका निधिलाई २०७० सालमा सुशील कोइरालाको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको थियोे ।

नेपाली कांग्रेसप्रति बन्दै गइरहेको नकारात्मक धारणालाई चिर्न पनि निधिले सभापतिमा उम्मेदवारी दिनैपर्छ । 

(राजेश महतो नेपाली कांग्रेस माहासमिती सदस्य धनुषा )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …