तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ आज मात्रा  २ सय १८ जना नेकपा समर्थन युवा हरु नेकपा पारित्याग गरी कांग्रेस प्रबेश गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा शुक्रबार भएको कार्यक्रममा नेकपा परित्याग गरी युवाहरु कांग्रेस प्रवेश गरेका हुन ।

तुलसीपुरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले नव प्रबेशी २ सय १८ जना युवाहरुलाई स्वागत   गरेका छन । स्वागत  गर्दै नेता गिरीले युवाहरुको हरेक दुःख सुखमा नेपाली कांग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरे।

उनले कम्युनिस्ट सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गरे। कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, सांसद शकंर गिरी, नेताहरु केशव आचार्य, लेवेन्द्र धिताल, जिल्ला सचिव शकंर डाँगी, महासमिति सदस्य देविका नेपाली, क्षेत्र नं ३ क का सभापति घनश्याम ढकाल, तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपाने, प्रजातान्त्रिक व्यवसायी विनु रेग्मी अधिकारी लगायतले नेपाली कांग्रेस सवैको साझा पार्टि भएकाले नेकपा परित्याग गरी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गर्नु सुखद रहेको जानकारी दिए 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …