तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अमित चाम्लिङ

खोटाङ जन्तेढुङ्गा गाउँपालिका समाजसेवी उमेश राई बैदेशिक रोजगारीका लागि कुबेतमा रहेर बस दुर्घटनामा परी प्यारालाइसि भएका भोजपुर निवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग स्वरूप ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

राईले कुवेतबाट पठाइएको आर्थिक सहयोग रकम भजपुरका संघीय सांसद सुदन किरातीले बिरामीको घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ। दुई छोरा र तीन छोरीका बाबु राजन राई ४० वर्षकै उमेरमा दुर्घटनामा परी थलिँदा आफ्नोभन्दा पनि छोराछोरीको शिक्षादीक्षाका लागि चिन्तित छन्। कोरोना महामारीले अस्तव्यस्त पारेको अवस्थामा कुवेतबाट पठाइएको आर्थिक सहयोगले बिरामीलाई केही आर्थिक सहयोग पुगेको राजन राईले बताउनुभयो।

वर्षेझरीको पर्वाह नगरी चिप्लोबाटो पार गर्दै बिरामीको घर पुगेका सांसद किरातीले भन्नुभयो आखिरी विचार मिले समुद्रले छेक्दैन रहेछ । हामी भोजपुरवासीका तर्फबाट सहयोगी समाजसेवी राईलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दछौं ।’ पवित्र कामका लागि आफूलाई विश्वास गरेर पुलको भूमिका निर्वाह गर्ने अवसर दिलाइदिएकोमा उनले खुसी व्यक्त गरे ।

जन्तेढुङ्गा गाउपालिका–२ हिउराङ साउने, खोटाङ जिल्लानिवासी मनकारी सहयोगी उमेश राई किरात राई ययोक्खा कुवेत उपाध्यक्ष र खोटाङ–कुवेत सम्पर्क मञ्चका सचिवसमेत हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …