तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनुषा महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको छ।

योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । 

पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार चेक दिइएको हो ।कामविशेषले लेखा शाखा पुग्दा टेबलमा राखेको नाला निर्माण उपभोक्ता समितिको कागजातमा आफ्नो किर्ते हस्ताक्षर देखेपछि सोधखोज गर्दा फर्जी कागजात बनाएर चेक बुझेको पाइएको इन्जिनियर सिंहले बताए । 

अनुगमन भत्ता लिन लेखाफाँटमा जाँदा किर्ते हस्ताक्षर भएको फाइल देखेपछि शंका लाग्यो,’ उनले भने, ‘खोजी गर्दा किर्ते कागजात बनाएको खुल्यो ।’ रहस्य खुलेपछि चेक भुक्तानी रोक्का गरिएको थियो । ९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको सूचना अधिकृत रञ्जित बर्माले बताए । योजना शाखा, लेखा शाखा र कार्यालय प्रमुखबाट योजनाको कागजात तयार भएकाले नगरपालिकाकै कर्मचारी किर्ते कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको बर्माले बताए ।

कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको छ कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो । तर, प्रशासकीय अधिकृत थापाले किर्ते कागजात पेस गरी लिएको चेकबारे आफूलाई जानकारी नभएको बताए । 

नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । खाता खोल्न नगरपालिकाबाट सिफारिससहितको कागजात बन्ने क्रममै किर्ते योजनाको रहस्य सार्वजनिक भएको हो । ‘किर्ते कागजातका साथै कार्यालयमै चेक फेला परेको विषयमा अनुसन्धान सुरु भइसकेको छ,’ मेयर शिवनाथ महतोले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …