तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मास्क नलगाई हिँड्नेलाई प्रहरीले तत्कालै एक सय रुपैयाँ जरिवाना गराउने भएको छ । मास्क,सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्का बीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई जरिवाना रसिद नै पठाइसकेको छ । परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले प्रशासनबाट १ सय रुपैयाँ दरको जरिवाना रसिद आइसकेको बताए ।
संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लङ्घन गरे १ सय रुपैयांँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सावधानी नअपनाउनेलाई ठाउंँको ठाउंँ जरिवाना लिएर कारबाही गर्न निर्देशन दिइसक्नु भएको छ । अब सार्वजनिक स्थल,सडक तथा गल्लीमा प्रहरी परिचालन गरेर मास्क नलगाउनेबाट जरिवाना असुलिने उनले स्पष्ट पारे ।

जोखिम बढ्यो तर मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएको पाइयो,’ ज्ञवालीले भने , ‘थुनेर पनि सम्भव छैन, जरिवानाको अनुभूति भएपछि कानुन कार्यान्वयनमा सहज हुन्छ भनेरै मास्क नलगाउनेलाई कारबाही गर्न लागिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …