तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उहाँले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए।

नेता पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने काँग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि भिजन भएको काँग्रेस आवश्यक रहेकामा जोड दिनुभयो । साथै उहाँले काँग्रेसको आगामी १४औँ महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको काँग्रेस बनाउने बताए । अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उहाँले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय होइन भने । 

विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने नेता पौडेलको भनाइ थियो । उनले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्दै पूँजीवादीहरुले राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको धारणा व्यक्त गरे

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …