तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालको शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपालमार्फत यसवर्ष पनि विभिन्न अनुसन्धान, तालिम तथा गोष्ठीका कामहरु सम्पन्न भएका छन् ।

वर्तमान समयमा झ्याङ्गिँदै गएका सामाजिक विकृतिहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र अभिभावकको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पुर्याउने उद्देश्यले यस संस्थाको स्थापना भएको यस संस्थाका अध्यक्ष तुलसी प्रभासले बताउनुभयो ।

आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसक्नुभएका विज्ञहरूलाई साथमा लिएर स्थापना गरिएको यस संस्थामार्फत् हाम्रा मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरू सम्पन्न भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र पर्यटन बोर्ड तथा विद्यालयहरुसँग सहकार्य गरेर यस संस्थाले आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । विद्यालयसँग सम्बन्धित रहेर विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि समसामयिक विषयवस्तुमा तालिम तथा सेमिनारहरु सञ्चालन गर्दै आएको छ ।

हाम्रो पहिचान भनेका हाम्रै संस्कृति हुन् । युगौँदेखि नेपाली समाजले मौखिक रूपमा जोगाउँदै आएका हाम्रा लोक परम्परा र लोक व्यवहारको खोजी गरेर त्यसलाई लिपिबद्ध गरिएन भने अवका दिनमा ती संस्कृति हराएर जाने निश्चित छ । नेपालमा बसोबास गर्ने हरेक जातजातिको पहिचान गरी उनीहरूका लोक संस्कृतिको अनुसन्धान गर्ने र त्यसलाई लिपिबद्ध गरी प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा अनुसन्धानात्मक भिडियो डकुमेन्ट्री तयार पार्ने ऐतिहासिक कार्य यस संस्थाले गर्दै आएको छ । त्यसका साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको खोजी गरेर त्यसको बारेमा अनुसन्धानमुलक डकुमेन्ट्री तयार गर्ने अभियान पनि संस्थाको रहेको छ ।

हाम्रा गाउँ– ठाउँको पहिचान गराई स्वदेश तथा विदेशमा प्रचार–पसार गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने उद्देश्यले थालिएको यस प्रयासबाट विभिन्न स्थानमा होमस्टेहरु पनि सञ्चालनमा आएका छन् ।

साभ नेपाल संस्थामार्फत् सम्पन्न कामका केही सकारात्मक परिणामहरु :-

# पुतलीबजार नगरपालिकाको अध्ययन पछि लोप हुनै लागेको ज्यामिरेको घाटु, झोरा र काल्खुको सोरठी संरक्षण भएका छ्न् ।
# भीरकोट नगरपालिका कालिकाकोटको हनुमान नाच राष्ट्रिय रूपमै स्थापित भएको छ । छाङ्छाङ्दीको हराइसकेको डण्डी नाच, केगाको घाटु र कृष्णचलित्र पनि संरक्षण भएका छ्न् ।
# भीरकोट नगरपालिका वडा नं ८ मा ओखतीपानी तमुनाशा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ ।
# वालिङ नगरपालिका पाठेखोलाको भजनका लागि नगरपालिकाले बेलाबेलामा सहयोग गर्दै आएको छ । त्यहाँको श्रवणकुमारको भजन संरक्षण भएको छ ।
# गल्याङ नगरपालिकाका भजन, सोरठी, मारुनी, नौमतीबाजा आदि संरक्षणका लागि नगरपालिकाले सहयोग गरेको छ ।
# व्यास नगरपालिकाको भजन, त्यहाँको स्यार्गा, कौरा, दुरा नाच, दराई नाच आदि संरक्षण भएका छ्न् । कुसुण्डा बालिकाले हाम्रै पहलमा निशुल्क पढिरहेकी छ्न् ।
# देवदह नगरपालिकामा ३ वटा होमस्टे संचालित छ्न् । त्यहाँका गुरुङ, मगर र थारू समुदायका संस्कृति संरक्षण भएका छ्न् ।
# रामग्राम नगरपालिका भित्रका मधेसी समुदायका संस्कृति, पेशा आदि संरक्षणका लागि नगरपालिकाले योजना बनाएको छ । रामग्राम स्तुपाको प्रचार प्रसार भएको छ । जडिबुटी उद्यान निर्माण भएको छ ।
# पाल्हिनन्दन गाउँपालिकाका मधेसी समुदायका संस्कृति र पेशा संरक्षणको लागी गाउँपालिकाले विभिन्न योजना ल्याएको छ ।
# सरावल गाउँपालिकाको भजन, त्यहाँका मधेसी र मुस्लिम समुदायको संस्कृति, पेशा संरक्षणको पहल भएको छ ।
# तिलोत्तमा नगरपालिकाको सेमरीमा थारू समुदायको होमस्टे सन्चालन भएको छ ।
# मध्यबिन्दू नगरपालिकाका सिमान्तकृत जातिको अध्ययन पछि उनीहरूको उत्थानका लागि नगरपालिकाले योजनाहरू निर्माण गरेको छ ।
# ठाउँ ठाउँमा पर्दा भित्र लुकेका संस्कृतिका वाहकहरूलाई पर्दा बाहिर ल्याउने, सम्मान गर्ने, पुरस्कृत गर्ने कामहरू भएका छ्न् ।
# तनहुँका दुरा र दरै जातिमा प्रचलित लोकनाचहरुको अभिलेख तयार भएको छ ।
# विद्यालयहरुमा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिका लागि आवश्यक तालिमहरु सम्पन्न भएका छन् ।

स्थापनाको छोटो समयमा नै विभिन्न क्षेत्रका विज्ञहरुलाई साथमा लिएर सञ्चालन गरिएका महत्वपूर्ण कामले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह भएको संस्थाका अध्यक्ष प्रभासले जानकारी गराउनु भयो

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …